BIZMANDU
www.bizmandu.com

क्यानका महानिर्देशक अधिकारी पक्राउ, प्रधानमन्त्री कार्कीले दिएकी थिइन् ग्रिन सिग्नल

२०८२ मंसिर १७

क्यानका महानिर्देशक अधिकारी पक्राउ, प्रधानमन्त्री कार्कीले दिएकी थिइन् ग्रिन सिग्नल
क्यानका महानिर्देशक अधिकारी पक्राउ, प्रधानमन्त्री कार्कीले दिएकी थिइन् ग्रिन सिग्नल

काठमाडौं। नेपाल नागरिक उड्यान प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अधिकारीलाई बुधबार पक्राउ गरेको हो।

Tata
GBIME
Nepal Life

भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै अधिकारीलाई पक्राउ गरेको अख्तियार स्रोतले बतायो। क्यानका निर्देशक मुरारी भण्डारीलाई पनि अख्तियारले पक्राउ गरेको छ। भण्डारी क्यानका इन्जिनियरिङ विभाग प्रमुख हुन्।

अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईलाई प्रधानमन्त्री सुशीला कार्कीले ग्रिन सिग्नल दिएपछि अधिकारी र भण्डारी पक्राउ परेका हुन्।

राईले नलिन्चोकमा हेलिप्याड निर्माण गर्दा भ्रष्टाचार भएको देखिएको र यसमा महानिर्देशक अधिकारी लगायतको संलग्नता रहेको देखिएको जानकारी गराएपछि प्रधानमन्त्री कार्कीले ‘गो अहेड’ भनेको स्रोतले बतायो।

क्यानले नलिन्चोकको ३२ रोपनी जग्गामा १५ करोड रुपैयाँ खर्च गरेर निर्माण गरेको हेलिप्याड २०८१ असार ७ गतेबाट सञ्चालनमा आएको थियो। महानिर्देशक अधिकारी कार्यकाल सकिनु दुई महिनाअघि पक्राउ परेका हुन्। उनको चार वर्षे कार्यकाल माघ तेस्रो सातासम्म छ।

स्रोतका अनुसार अख्तियारको टोलीले अधिकारीको निवासमा छापा समेत मारेको छ।