BIZMANDU
www.bizmandu.com

सुन तोलामा ८ सय बढ्दा, चाँदीको भाउ हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

२०८२ मंसिर १७

सुन तोलामा ८ सय बढ्दा, चाँदीको भाउ हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?
सुन तोलामा ८ सय बढ्दा, चाँदीको भाउ हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

काठमाडौं। साताको तेस्रो दिन सामान्य घटेको सुनको मूल्य बुधबार फेरि बढेको छ। अघिल्लो दिनको भन्दा तोलामा ८ सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ५४ हजार १ सय रुपैयाँ निर्धारण भएको छ।

Tata
GBIME
Nepal Life

यसअघि ३ सय रुपैयाँ घट्दा मंगलबार तोलाको २ लाख ५३ हजार ३ सय रुपैयाँ भएको थियो। सोमबार प्रति तोला २ लाख ५३ हजार ६ सय रुपैयाँ थियो।

चाँदीको मूल्य बुधबार बढेर हालसम्मकै उच्च प्रति तोला ३ हजार ६ सय ५५ रुपैयाँ पुगेको छ। अघिल्लो दिनका तुलनामा तोलामा ११० रुपैयाँ बढेर कारोबार मूल्य कायम भएको हो। मंगलबार तोलाको ३ हजार ५ सय ४५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रति औंस ४२१६१.२२ डलर र चाँदी प्रतिऔंस ५८.३६ डलरले कारोबार भइरहेको छ। एक महिनामा सुनको भाउ प्रति औंस २३८ डलर बढिसकेको छ।