BIZMANDU
www.bizmandu.com

एआई शिक्षा र कानुनी प्रविधिमा नवप्रवर्तन अघि बढाउन सनवे कलेज र कानुन एआईबिच साझेदारी

२०८२ मंसिर १६

एआई शिक्षा र कानुनी प्रविधिमा नवप्रवर्तन अघि बढाउन सनवे कलेज र कानुन एआईबिच साझेदारी
एआई शिक्षा र कानुनी प्रविधिमा नवप्रवर्तन अघि बढाउन सनवे कलेज र कानुन एआईबिच साझेदारी

काठमाडौं। नेपाल-सनवे कलेज काठमाडौं र कानुन एआई प्रालिले कानुनी प्रविधि क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी अनुसन्धान, शिक्षा र विकासलाई अघि बढाउन समझदारी गरेका छन्।

Tata
GBIME
Nepal Life

दुई संस्थाले तीन वर्षे रणनीतिक साझेदारीको घोषणा गरेका छन्। सम्झौतामा कलेजका निर्देशक खुशल रेग्मी र कानुन एआईका प्रमुख प्राविधिक अधिकृत प्राञ्जल तिम्सिनाले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार एआई र र नैतिकतासम्बन्धी बृहत् पाठ्यक्रम संयुक्त रूपमा विकास गरी सञ्चालन गर्नेछन्। यसमा एआईका आधारभूत विषय नैतिक सिद्धान्त, पूर्वाग्रह र निष्पक्षता, सुशासनका ढाँचा र कानुनी प्रविधिमा यसको व्यावहारिक प्रयोगका क्षेत्र समेटिने छन्।

यस्तै समझदारी अनुसार अनुसन्धान र विकासमा साझेदारी हुनेछ। जसमा न्यायपालिका र कानुनी क्षेत्रका लागि एआईमा आधारित कानुनी प्रविधिका समाधानहरूमा पनि केन्द्रित हुनेछन्। यस्तै कानुनी कागजातहरूका लागि ‘नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ’, एआई-सञ्चालित मुद्दा व्यवस्थापन प्रणाली र न्यायिक सहयोगका लागि ‘प्रिडिक्टिभ एनालिटिक्स’ समावेश हुनेछन्।

साझेदारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा एआई नीतिगत ढाँचाहरूमा प्राज्ञिक अध्ययन पनि अघि बढाउनेछ। नियमनकारी दृष्टिकोण, सुशासन संयन्त्र र एआईको प्रयोगमा हुने नैतिक विचारहरूको समीक्षा पनि गरिनेछ।

साझेदारीले प्राज्ञिक उत्कृष्टतालाई औद्योगिक नवप्रवर्तनसँग जोड्ने अपेक्षा गरिएको छ।