काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलको लेखा परीक्षकमा एमआरयू एसोसिएट्स चार्टर्ड एकाउन्टेन्टस् नियुक्त भएको छ।
बैंकको मंसिर १२ गते सम्पन्न १९औं वार्षिक साधारण सभाले चालु आर्थिक वर्षको लेखा परीक्षणको जिम्मा एमआरयू एसोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई दिने निर्णय गरेको हो।