काठमाडौं। सुनको मूल्य शुक्रबार तोलामा २२०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोला २ लाख ५० हजार ६०० रुपैयाँ निर्धारण भएको छ।
सुन बिहीबार प्रति तोला ४०० रुपैयाँ घटेर २ लाख ४८ हजार ४०० रुपैयाँका दरले कारोबार भएको थियो।
चाँदीको मूल्य पनि प्रति तोला ६५ रुपैयाँ बढेको छ। चाँदीको भाउ प्रति तोला ३ हजार ३४५ रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रति औंस ४१७४.१८ डलर र चाँदीको भाउ प्रति औंस ५३.८९ डलर पुगेको छ।