काठमाडौं। टाटा मोटर्सले सियरा एसयूभीलाई ३४ वर्षपछि नयाँ अवतारमा भारतीय बजारमा कमब्याक गराएको छ। कम्पनीले मंगलबार उक्त कार बजारमा ल्याएको हो।
यो फेमिली कार सन् १९९१ मा बजारमा आएको थियो। त्यही लेगेसीलाई पछ्याउँदै टाटाले उक्त कार पुनः बजारमा ल्याएको हो।
कम्पनीले यो कारको मूल्य भारु ११ लाख ४९ हजार तोकेको छ। यो गाडीको बुकिङ भने डिसेम्बर १६ देखि मात्रै खुल्नेछ। यसअघि नै कम्पनीले कारको ‘इन्टेरियर’ र अन्य फिचरहरू सार्वजनिक गरेको थियो।
यसमा १.५ लिटर र फोर सिलिन्डर क्षमताको डाइरेक्ट इन्जेक्ट टर्बो चार्जड (टीजीडीआई) इन्जिन छ। यो इन्जिनले १६० हर्सपावर र २५५ एनएम टर्क उत्पादन गर्छ।
यस्तै, यसमा वायरलेस हेडफोन्सका साथै १२.३ इन्चको प्यासेन्जर स्क्रिन उपलब्ध छ। यो कार ६ वटा कलरमा ल्याइएको छ।
यसमा ६ स्पिड अटोमेटिक गियबक्स, ६ स्पिड म्यानुअल र ७ स्पिड डुअल क्लच अटोमेटिक गियर बक्स सिस्टम उपलब्ध छ। यसमा १७ र १९ इन्चको एलोय ह्वील्स राखिएको छ। साथै एलईडी हेडलाइट प्रदान गरिएको छ।

यसमा अहिले स्पेयर ह्वीललाई टेलगेटका नराखी मुनिको भागमा राखिएको छ। बम्परसहित बडीको सबै भागमा ग्लस ब्ल्याक क्लाडिङ प्रयोग गरिएको छ। डिजाइनको हिसाबले, बक्सी सिल्हूट, हाइ-सेट बोनट, स्क्वायरिस ह्वील आर्क, बाक्लो बी-पिलर र विन्डो लाइनमा दिइएको शार्प ट्वीस्टहरूले सन् १९९१ सिएराको संकेत गरेको छ।
यसको डाइमेन्सन ४.३ मिटर लामो, १.८ मिटर चौडा, १.७ मिटर अग्लो, २.७ मिटरको ह्वीलबेस र २०५ एमएमको ग्राउन्ड क्लियरेन्स छ। यसको बुट स्पेस ६२२ लिटर क्षमताको छ। जसलाई १२ सय ५७ लिटरसम्म बढाउन सकिन्छ।
यसमा डुअल इन्फोटेन्मेन्ट स्क्रिन र एउटा डिजिटल ड्राइभर डिस्प्ले स्क्रिन लेआउट उपलब्ध छ। यस्तै, गाडीको क्याबिनलाई कम्फर्ट, स्पेस र व्यावहारिक बनाउन खोजिएको छ।
यसको क्याबिनमा १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, १२.३ इन्चको सेन्ट्रल टच स्क्रिन, १२.३ इन्चको अर्को प्यासेन्जर स्क्रिन राखिएको छ। यसमा वायरलेस एप्पल कारप्ले र एण्ड्रोइड अटो सिस्टम सपोर्ट गर्छ।
साथै, यो कारमा हेड अप डिस्प्ले पनि प्रदान गरिएको छ। जुन लक्जरी र स्पोर्ट कारहरूमा हुन्छ।

साउन्ड सिस्टममा डब्ली एटमस सराउन्ड साउन्ड प्रविधिका साथै १२ वटा जेबीएलको स्पिकर राखिएका छन्। ड्यासबोर्डमा माउन्ट गरिएको साउन्ड बार पनि राखिएको छ।
यस्तै, एम्बियन्ट लाइटहरू डुबल जोन एसी, वायरलेस फोन चार्जर, अगाडि भेन्टिलेटेड सिट र दुई वटा ड्राइभिङ मोड र तीन वटा टेरेन मोड रहेका छन्। यसैगरी, प्यानारोमिक सनरुफ, एसी भेन्टहरू, दुई वटा ६५ वाट क्षमताको यूएसबी सी टाइप चार्जिङ पोर्ट, ब्यार र रियरमा सनशेडहरू छन्।
सेफ्टीका लागि ६ वटा एयरब्याग, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अल ह्वील डिस्क ब्रेक, हिल होल्ड असिस्ट, ३६० डिग्री क्यामेरा सेटअप, फ्रन्ट पार्किङ सेन्सर, एबीएस र ईबीडी, हिल होल्ड र २२ वटा सेफ्टी फिचर भएको एडास लेभल दुई पनि यसमा उपलब्ध छ।

यसलाई टाटाको मोडर्न लाइफस्टाइल एसयूभी भनिएको छ। कम्पनीले यो गाडी पेट्रोल, डिजल र इलेक्ट्रिक पावर ट्रेनमा संचालन हुने गरी बनाएको छ।
कर्भमा भएको जस्तै फोर स्पोक स्टेरिङ ह्वील यसमा राखिनेछ। यसमा टाटाको लोगोसहितको टच सेन्सिटिभ कन्ट्रोल छ। गाडीको सबै सिटहरूको हेडरेस्ट एडजस्ट गर्न सकिने फिचर राखिएको छ। यसमा भएको धेरै फिचरहरू दैनिक पारिवारिक रुपमा प्रयोग हुने किसिमको रहेको बताइएको छ।