BIZMANDU
www.bizmandu.com

लुम्बिनीले टस जितेर फिल्डिङ रोज्यो: ब्याटिङमा काठमाडौं, समर्थकहरुको उपस्थित कम

२०८२ मंसिर ९

लुम्बिनीले टस जितेर फिल्डिङ रोज्यो: ब्याटिङमा काठमाडौं, समर्थकहरुको उपस्थित कम
लुम्बिनीले टस जितेर फिल्डिङ रोज्यो: ब्याटिङमा काठमाडौं, समर्थकहरुको उपस्थित कम

काठमाडौं। काठमाडौं गुर्खाजले पहिला ब्याटिङ गर्ने भएको छ। नेपाल प्रिमियर लिग अन्तर्गत आजको खेलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

Tata
GBIME
Nepal Life

काठमाडौं गोर्खाजले जारी प्रतियोगितामा तीन खेल खेल्दा एउटामा मात्र जित निकालेको छ भने लुम्बिनीले दुई खेल खेल्दा पहिलोमा जित र दोस्रोमा हार ब्यहोरेको छ।

लुम्बिनीले अघिल्लो खेल खेलेको टोलीबाट समीर अलीलाई बाहिर राख्दै तिलकराज भण्डारीलाई स्थान दिएको छ। त्यस्तै, काठमाडौंको टोलीमा दुईवटा परिवर्तन छ। प्रतिक श्रेष्ठ र रिकार्डो भास्कोनसेलफन्सको स्थानमा दिपेश कँडेल र मिलिन्द कुमारले लिएका छन्।

यी दुई टोली एनपीएलमा कम फ्यानबेस भएको टोली भएकाले समर्थकको उपस्थित कम छ।

लुम्बिनीको प्लेइङ ११

रोहित पौडेल, सन्दीप जोरा, दिलिप नाथ, शेर मल्ल, अभिशेष गौतम, सुमित महर्जन, तिलकराज भण्डारी, गुलबदिन नाइब, रूबेन ट्रम्पलम्यान, जेजे स्मित र डार्सी सर्ट

काठमाडौंको प्लेइङ ११

करण केसी (कप्तान), शहाब अलाम, दिपेश कडँले, रशिद खान, सन्तोष यादव, आकाश त्रिपाठी, आदिल अन्सारी, वेन चार्ल्सवेथ, मिलिन्द कुमार, गेरार्ल्ड इरासमस, जोन सिमसन