BIZMANDU
www.bizmandu.com

स्रोत नखुलेको १५ लाख रुपैयाँसहित वीरगञ्जबाट एक जना प्रहरी, हुण्डी कारोबारमा अनुसन्धान हुँदै

२०८२ मंसिर ८

स्रोत नखुलेको १५ लाख रुपैयाँसहित वीरगञ्जबाट एक जना प्रहरी, हुण्डी कारोबारमा अनुसन्धान हुँदै
स्रोत नखुलेको १५ लाख रुपैयाँसहित वीरगञ्जबाट एक जना प्रहरी, हुण्डी कारोबारमा अनुसन्धान हुँदै

वीरगञ्ज। स्रोत नखुलेको १५ लाख रुपैयाँ रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

Tata
GBIME

विशेष सूचनाको आधारमा प्रहरी चौकी धोरे र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त टोलीले आइतबार पकहाँमैनपुर गाउँपालिका–१ धोरेचेक प्वाइन्टबाट सोही ठाउँका ३४ वर्षे अवधेश पटेल सवार मोटरसाइकलको लेगगार्डबाट १५ लाख रुपैयाँ बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार निजको साथबाट स्रोत नखुलेको एक हजार दरका ७९० थान नोट अर्थात् सात लाख ९० हजार र पाँच सय दरका एक हजार ३०१ थान नोट अर्थात् छ लाख ५० हजार रुपैयाँ बरामद गरिएको हो। यस्तै, १०० र ५० का अन्य रकमसमेत बरामद गरिएको छ।

पक्राउ परेका पटेलमाथि मुलुकी अपराध संहिता, २०७४ अनुसार हुण्डी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले जानकारी दिए। रासस