BIZMANDU
www.bizmandu.com

सिटिजन्स बैंकले ल्यायो नवयुवा लक्षित ‘जेन-जी सेभिङ अकाउन्ट’, यस्ता छन् सुविधाहरू

२०८२ मंसिर ८

सिटिजन्स बैंकले ल्यायो नवयुवा लक्षित ‘जेन-जी सेभिङ अकाउन्ट’, यस्ता छन् सुविधाहरू
सिटिजन्स बैंकले ल्यायो नवयुवा लक्षित ‘जेन-जी सेभिङ अकाउन्ट’, यस्ता छन् सुविधाहरू

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेन-जी सेभिङ अकाउन्ट’ संचालनमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

सोमबार बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले ‘सिटिजन्स जेन-जी सेभिङ अकाउन्ट’को प्रारम्भ गरेका छन्।

यस बचत खाताले विशेषगरी विद्यार्थी, फ्रिलान्सर, क्रिएटर, उद्यमशील युवा तथा डिजिटल प्लेटफर्ममा सक्रिय जनसमुदायलाई उनीहरूको जीवनशैली अनुरूपको वित्तीय आवश्यकताको समाधान प्रदान गर्ने विश्वास बैंकले लिएको छ। न्यूनतम १०० रुपैयाँमा नै यो खाता संचालन गर्न सकिन्छ भने वार्षिक ३.०२ प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ।

बैंकका अनुसार युवा ग्राहकको कारोबारलाई सहज बनाउन चेकबुक, डिम्याट खाता, सी-आश्वा कमिसन तथा सी-आश्वा रेजिष्ट्रेसन जस्ता महत्त्वपूर्ण सेवाहरू पहिलो वर्ष निःशुल्क उपलब्ध गराइनेछ । डिजिटल सेवामा अझै बढी प्रोत्साहन दिन बैंकले एटीएम कार्ड, मोबाइल बैंकिङ, ई-कम कार्ड र इन्टरनेट बैंकिङ गरी चारै सेवा एकैपटक लिएमा मात्र ५०० रुपैयाँमा उपलब्ध हुने विशेष बन्डल्ड सुविधा समेत राखेको छ।

ग्राहकले ट्राभल कार्ड इश्यू चार्जमा ५० प्रतिशत छुट र मोबाइल बैंकिङमा समर्पित जेन-जी ड्यासबोर्डमार्फत व्यक्तिगत डिजिटल अनुभवको आनन्द लिने अवसर पाउनेछन्। यस बचत खाता प्रयोगकर्तालाई पहिलो मोबाइल टप-अपमा २५ प्रतिशत नगद फिर्ता प्राप्त हुने बैंकले जानकारी दिएको छ।