BIZMANDU
www.bizmandu.com

एनपीएलमा सट्टेबाजी रोक्न प्रहरीको अपरेसन, बल्खुबाट ८ जना भारतीय पक्राउ

२०८२ मंसिर ७

एनपीएलमा सट्टेबाजी रोक्न प्रहरीको अपरेसन, बल्खुबाट ८ जना भारतीय पक्राउ
एनपीएलमा सट्टेबाजी रोक्न प्रहरीको अपरेसन, बल्खुबाट ८ जना भारतीय पक्राउ

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को जारी खेलहरूमा सट्टेबाजी गराउने समूहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बल्खुबाट उक्त समूहलाई नियन्त्रणमा लिएको हो।

GBIME
Tata

पक्राउ पर्नेहरूमा भारत घर भएका राजा यदुला, आन्ध्र प्रदेशको प्रकासम जिल्लाका महेश बाबु, पण्डित श्रीनिवासुलु, सेख सोयब, नभिन मड्डेला, महमद रफी सेख, साई कुमार तम्मिसेट्टी र सेख चन्द बसल छन्।

उनीहरूले बेटिङ एपको सहयोगबाट सेट्टेबाजी गराएको खुलेको छ। उनीहरूको साथबाट प्रहरीले १५ वटा मोबाइल पनि बरामद गरेको छ।

केही दिनअघि प्रहरीले सट्टेबाजी गर्ने दुई जनालाई नियन्त्रणमा लिएको थियो।