BIZMANDU
www.bizmandu.com

माछापुच्छ्रे बैंक र जोयालुक्कास एक्सचेन्जबीच सम्झौता, यूएईमा रहेका नेपालीले सजिलै पैसा पठाउन सक्ने

२०८२ मंसिर ७

माछापुच्छ्रे बैंक र जोयालुक्कास एक्सचेन्जबीच सम्झौता, यूएईमा रहेका नेपालीले सजिलै पैसा पठाउन सक्ने
माछापुच्छ्रे बैंक र जोयालुक्कास एक्सचेन्जबीच सम्झौता, यूएईमा रहेका नेपालीले सजिलै पैसा पठाउन सक्ने

काठमाडौं। माछापुच्छ्रे बैंकले संयुक्त अरब इमिरेट्स (यूएई)स्थित जोयालुक्कास एक्सचेन्जसँग नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउन औपचारिक सम्झौता गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले यूएईमा रहेका नेपालीलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ जोयालुक्काससँग सहकार्य गरी विधिवत रुपमा रेमिट्यान्स सेवाको सुरुवात गरेको जनाएको छ। सम्झौतापत्रमा जोयालुक्कासका महाप्रबन्धक मरिश कुमार कर्ण र माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौतापछि अब यूएईमा रहेका नेपालीले यूएईस्थित जोयालुक्कासका ३० भन्दा बढी शाखाबाट एमबीएल रमिट गरी नेपाल पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका १६५ वटा शाखाहरू, शाखारहित बैकिङ सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत नेपालमा सजिलै भुक्तानी लिन सकिनेछ।

साथै, जोयालुक्कास एक्सचेन्जबाट एमबीएल रेमिट गरी पठाइएको रेमिट्यान्स नेपालका जुनसुकै बैंकका खातामा तुरुन्त जम्मा गर्न पनि सकिने बैंकले जनाएको छ।