काठमाडौं। बढ्दो माग र अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिका कारण स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रति तोला २ हजार ९ सय रुपैयाँले बढेको हो।
आइतबार सुन तोलाको २ लाख ४४ हजार ६०० रुपैयाँका दरले कारोबार भइरहेको छ। गत शुक्रबार सुन तोलामा १३ सय रुपैयाँले घटेर २ लाख ४१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
बिहीबार सुन तोलामा ७ सय रुपैयाँ बढेर प्रति तोला २ लाख ४३ हजार रुपैयाँमा कारोबार भएको थियो। बुधबार सुन प्रति तोला २ लाख ४२ हजार ३ सय रुपैयाँ थियो।
त्यसैगरी, चाँदीको मूल्य प्रति तोला ३५ रुपैयाँ बढेर ३ हजार १३५ रुपैयाँ कायम भएको छ। चाँदी शुक्रबार तोलाको ३ हजार १०० रुपैयाँका दरले खरिदबिक्री भएको थियो ।
बिहीबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेर प्रति तोला ३ हजार १ सय ८५ रुपैयाँ कायम भएको थियो। बुधबार चाँदी प्रति तोला ३ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औँस ४ हजार ६३ र चाँदी प्रति औँस ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।