BIZMANDU
www.bizmandu.com

एनपीएल : काठमाडौं गोर्खाजमाथि विराटनगर किंग्सको ५ विकेटको जित

२०८२ मंसिर ६

एनपीएल : काठमाडौं गोर्खाजमाथि विराटनगर किंग्सको ५ विकेटको जित
एनपीएल : काठमाडौं गोर्खाजमाथि विराटनगर किंग्सको ५ विकेटको जित

काठमाडौं। विराटनगर किंग्स लगातार दोस्रो खेलमा पनि विजयी भएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा विराटनगरले काठमाडौंमाथि ५ विकेटको जित निकालेको हो।

Tata
GBIME
Nepal Life

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३४ रनको सामान्य स्कोर बनाएको थियो।

काठमाडौंका लागि मोहम्मद आदिल आलमले अविजित रहँदै सर्वाधिक ४८ रन बनाउँदा बेन चार्ल्सवर्थले ३२ तथा सन्तोष यादवले २६ र गेर्राड इरास्मसले १० रन बनाए। त्यसबाहेकका ब्याटरले दोहोरो अंकको रन नै बनाउन सकेनन्।

बलिङतर्फ बिराटनगरका मर्चेन डी लेङ्गले २ विकेट लिँदा शुभम रञ्जनी, सूर्य तामाङ र सन्दीप लामिछानेले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको बिराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो।

विराटनगरका लागि ओपनर जर्ज मुन्सेले सर्वाधिका ३६ रन बनाउँदा मार्टिन गप्टिलले २५, नरेन भट्टले २४ तथा बसिर अहमदले १९ रनको योगदान दिए।

बलिङतर्फ काठमाडौंका शहाब आलमले २ विकेट लिँदा करण केसी, गेहर्राड इरास्मस र सन्तोष यादवले समान १ विकेट लिए।

आजै सम्पन्न पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्समाथि ९ विकेटको प्रभावशाली जित निकालेको थियो।