BIZMANDU
www.bizmandu.com

कालिञ्चोकमा भीडभाड, खुलेको मौसमसँगै सप्ताहान्तको बिदामा घुम्ने थुप्रै (तस्बिर)

२०८२ मंसिर ६

कालिञ्चोकमा भीडभाड, खुलेको मौसमसँगै सप्ताहान्तको बिदामा घुम्ने थुप्रै (तस्बिर)
कालिञ्चोकमा भीडभाड, खुलेको मौसमसँगै सप्ताहान्तको बिदामा घुम्ने थुप्रै (तस्बिर)

दोलखाको चर्चित धार्मिक तथा पर्यटकीय गन्तव्य कालिञ्चोकमा शनिबार आन्तरिक पर्यटकको ठूलो भीड लागेको छ। बिहानैदेखि काठमाडौं, भक्तपुर, ललितपुरसँगै चितवन, पोखरा र तराईका विभिन्न स्थानबाट आएका पर्यटक कालिन्चोकमा छन्।

Tata
GBIME
Nepal Life

उनीहरुले लामो लाइन बसेर केबुलकारको टिकट लिए। माथि पुगेर हिमाली दृश्य, चिसो मौसम र हिल–एड्भेन्चरको मजा लिएका छन्। यहाँ रहेको कालिञ्चोक भगवती मन्दिरमा पूजापाठ गर्न आउनेको पनि बाक्लो उपस्थितिले सडकमा पनि सवारीसाधनको चाप बढेको छ।

केबलकार लाइनमा समेत लामो प्रतीक्षा देखिएको छ भने होटल–लजहरू भरिएका छन्। धेरै पर्यटकले हिमाल र बगर–ढुंगा मिसिएको दृश्य, हावाको चिसो झोँका र हिमशृंखलाका दृश्यले आकर्षित गरेको बताए।

स्थानीय व्यवसायीहरूका अनुसार शनिबार मात्र सयौँ पर्यटक आएकाले होटल, रेस्टुरेन्ट र स्थानीय व्यापारमा सकारात्मक असर गरेको छ।

यात्रुको संख्या बढेसँगै सुरक्षा निकायले ट्रेकिङ मार्ग, केबलकार क्षेत्र र भीडभाड हुने स्थानमा विशेष व्यवस्था मिलाइएको छ। स्थानीय पर्यटन विकास समितिले जिम्मेवारीपूर्वक यात्रा गर्न र वातावरण संरक्षणमा ध्यान दिन आग्रह गरेको छ।

समुद्री सतहदेखि करिब ३,८०० मिटर उचाइमा रहेको कालिञ्चोकमा कालिञ्चोक भगवती मन्दिर मुख्य आकर्षण मानिन्छ। यहाँबाट रोलेवालिङ हिमाल, गोसाइँकुण्ड र आसपासका पहाडी दृश्य स्पष्ट देखिन्छन्। केबलकार, हिमाली हिँडाइ र सुन्दर सूर्योदयले यस क्षेत्रलाई अझ आकर्षक बनाएको छ।