BIZMANDU
www.bizmandu.com

माइतीघर-बबरमहल क्षेत्रमा सुरक्षा व्यवस्था कडा, एमाले र जेनजी युवाको प्रदर्शन

२०८२ मंसिर ५

माइतीघर-बबरमहल क्षेत्रमा सुरक्षा व्यवस्था कडा, एमाले र जेनजी युवाको प्रदर्शन
माइतीघर-बबरमहल क्षेत्रमा सुरक्षा व्यवस्था कडा, एमाले र जेनजी युवाको प्रदर्शन

काठमाडौं। नेकपा (एमाले)को जनसंगठन समन्वय संयन्त्रले शुक्रबार नेसनल भोलेन्टियर फोर्स केन्द्रीय कमाण्डको घोषणा गर्दै छ।

Tata
GBIME
Nepal Life

कार्की ब्यांक्वेटमा गरिने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले संबोधन गर्ने बताइएको छ।

उक्त कार्यक्रमका लागि एमाले कार्यकर्ताहरू सामाखुसी, गुण्डु र जावलाखेलबाट र्‍याली निकालेर बबरमहलमा जम्मा हुन थालेका छन्। उक्त र्‍याली बबरमहलबाट बानेश्वर हुँदै कार्की ब्यांक्वेटसम्म मार्चपास गर्ने बताइएको छ।

यस्तोमा केही जेनजी युवा भने माइतीघरमा प्रदर्शनमा उत्रिएका छन्। उनीहरू एमालेको कार्यक्रम रोक्न प्रदर्शनमा उत्रिएका हुन्।

सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ। ठूलो संख्यामा सुरक्षाकर्मीहरू खटाइएको छ।