BIZMANDU
www.bizmandu.com

सुनको कारोबार मूल्य तोलामा ७ सय रुपैयाँले बढ्यो, चाँदी पनि लाग्यो उकालो

२०८२ मंसिर ४

सुनको कारोबार मूल्य तोलामा ७ सय रुपैयाँले बढ्यो, चाँदी पनि लाग्यो उकालो
सुनको कारोबार मूल्य तोलामा ७ सय रुपैयाँले बढ्यो, चाँदी पनि लाग्यो उकालो

काठमाडौं। सुनचाँदीको भाउ बढेको छ। अघिल्लो दिनका तुलनामा बिहीबार सुन प्रति तोला ७०० रुपैयाँ बढेको छ भने चाँदी ३५ रुपैयाँ महँगिएको छ।

Tata
GBIME
Nepal Life

सुनको कारोबार मूल्य तोलाको २ लाख ४३ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार प्रति तोला २ लाख ४२ हजार ३ सय रुपैयाँ थियो। चालु साताका दुई दिन सुनको कारोबार मूल्यमा फराकिलो अन्तरले घटबढ भएको छ।

साताको पहिलो दिन २ लाख ४२ हजार ८ सय रुपैयाँ रहेकोमा सोमबार बढेर २ लाख ४३ हजार ३ सय रुपैयाँ पुगेको थियो। सोमबारका तुलनामा मंगलबार ३ हजार ८ सय रुपैयाँ घटेर मंगलबार २ लाख ३९ हजार ५ सय भएको थियो। बुधबार भने २ हजार ८ सय रुपैयाँ बढेर कारोबार मूल्य निर्धारण भएको थियो।

चाँदी बिहीबार तोलाको ३ हजार १ सय ८५ रुपैयाँ भएको छ। बुधबार कारोबार मूल्य ३ हजार १ सय ५० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रति औंस ४०७०.९४ डलर र चाँदी ५१.३८ डलरले कारोबार भइरहेको छ।