काठमाडौं। सेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक बुधबार ४.९८ अंक घटेर २५६१.०८ विन्दुमा कायम भएको छ।
होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र ट्रेडिङ बाहेकका उपसमूहले बजार घटाएका हुन्।
विकास बैंकको सूचक सबैभन्दा धेरै १.०९ प्रतिशतले घटेको छ। बजारमा १७० कम्पनीका लगानीकर्ताले गुमाएका छन्। कर्पोरेट बैंकको सेयर मूल्यमा सर्वाधिक ६.०३ प्रतिशतले गिरावट आएको छ।
बजारमा ७७ कम्पनीको सेयर मूल्य बढेको छ। नेप्से परिसूचक ओरालो लाग्दा बजारमा ८ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।
माबिलुङ इनर्जी, दरमखोला हाइड्रो इनर्जी, सागर डिष्टिलरी, हिमस्टार ऊर्जा कम्पनी, बुंगल हाइड्रोपावर, सान्भी इनर्जी, बन्दीपुर केबलकार र झापा इनर्जीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो।
सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ। बुधबार ३ अर्ब ७७ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
बरुण हाइड्रोपावरको २७ करोड ४० लाख, साहस ऊर्जाको १९ करोड ६० लाख र राधी विद्युत कम्पनीको १५ करोड ९४ लाख रुपैयाँको सेयर किनबेच भएको छ।