BIZMANDU
www.bizmandu.com

पासपोर्ट अभाव भएपछि बिचौलिया सक्रिय : प्रहरीले थाल्यो निगरानी, ३ जना पक्राउ

२०८२ मंसिर २

पासपोर्ट अभाव भएपछि बिचौलिया सक्रिय : प्रहरीले थाल्यो निगरानी, ३ जना पक्राउ
पासपोर्ट अभाव भएपछि बिचौलिया सक्रिय : प्रहरीले थाल्यो निगरानी, ३ जना पक्राउ


काठमाडौं । जेनजी आन्दोलनपछि राहदानी (पासपोर्ट) अभाव भएको मौका छोपेर बिचौलिया सक्रिय हुन थालेका छन्। राहदानी विभागको कार्यालय अगाडी बसेर सेवाग्राहीलाई पासपोर्ट उपलब्ध गराइदिने भन्दै केही व्यक्तिले रकम लिने गरेको खुलेको हो।

Tata
GBIME

यसबारेमा धेरै गुनासो आउन थालेपछि प्रहरीले निगरानी बढाएको छ। सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिचौलियाको भूमिका खेलेर रकम लिने तीन जनालाई पक्राउ गरेको छ।

सर्लाहीका ३२ वर्षीय भाग्य नारायण साह, धादिङका विरेन्द्र थापा मगर र  सिन्धुपाल्चोका मिक्टे लामालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

राहदानी विभागले ६४ लाख थान पासपोर्ट आपूर्ति गर्ने जिम्मा दुईवटा जर्मन कम्पनीलाई दिएको छ। म्युहलबौयर आइडी सर्भिस जीएमबीएचले पहिलो प्याकेजका लागि १ अर्ब ५५ करोड रुपैयाँ र भेरिडोस जीएमबीएचले दोस्रो प्याकेजका लागि  ६ अर्ब ११ करोड ३८ लाख रुपैयाँमा ठेक्का पाएका छन्।

ठेक्का सम्झौता अनुसार जर्मन कम्पनीले मार्च ९ देखि मात्र पासपोर्ट आपूर्ति गर्नेछ। तर विभागसम्म त्यो समय सम्मका लागि पुग्ने मौज्दात छैन। सामान्य अवस्थामा दैनिक ३ हजार पासपोर्ट वितरण हुने भएकाले अहिलेको मौज्दातले अब केही साता मात्र थेग्ने छ।