BIZMANDU
www.bizmandu.com

हाइड्रोपावरको नाफामा उछाल, ब्याजदरमा गिरावट र विद्युत् बिक्री बढ्दा सुधारियो ब्यालेन्स सिट

२०८२ मंसिर १

हाइड्रोपावरको नाफामा उछाल, ब्याजदरमा गिरावट र विद्युत् बिक्री बढ्दा सुधारियो ब्यालेन्स सिट
हाइड्रोपावरको नाफामा उछाल, ब्याजदरमा गिरावट र विद्युत् बिक्री बढ्दा सुधारियो ब्यालेन्स सिट


काठमाडौं। बजारमा ऋणको माग नभएर आर्थिक गतिविधि सुस्त भएका बेला जलविद्युत कम्पनीको नाफामा उछाल आएको छ।

Tata
GBIME

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत अधिकांश जलविद्युत कम्पनीले चालु आर्थिक वर्ष पहिलो त्रैमासमा नाफा ५०.२४ प्रतिशतले बढाएका छन्। वित्तीय विवरण सार्वजनिक गरेका ९१ वटा जलविद्युत कम्पनीले ५ अर्ब ७२ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

ती जलविद्युत कम्पनीले गत आर्थिक वर्ष पहिलो त्रैमासमा ३ अर्ब ८० करोड रुपैयाँ नाफा कमाएका थिए।

बैंक तथा वित्तीय संस्थाको ब्याजदर निरन्तर सस्तो भइ आफ्नो लागत घटेपछि यसपालि जलविद्युत कम्पनीको नाफा बढेको हो। हाइड्रोपावरले जलविद्युत बिक्रीबाट हुने आम्दानी पनि बढाएका छन्।

८० वटा जदविद्युत कम्पनी नाफामा छन्। ११ कम्पनी नोक्सानीमा छन्। गत वर्ष पहिलो त्रैमासमा ७४ कम्पनी नाफामा हुँदा १७ वटा नोक्सानीमा थिए।

यो वर्ष अपर तामाकोसीले सबैभन्दा धेरै १ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले गत वर्षको तुलनामा मुनाफा १६५ प्रतिशतले बढाएको हो।

अपर तामाकोसीले गत वर्ष पहिलो त्रैमासमा ६३ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो।

विद्युत बिक्री बढ्नुका साथै बैंकको ब्याजदरमा आएको गिरावटले लागत घटेका कारण नाफा नाफा बढेको ऊर्जा उत्पादकहरु बताउँछन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले ब्याजदर घट्नुका साथै विद्युत बिक्री बढेका कारण ब्यालेन्स सिटमा सुधार भएको बताए।

‘बैंकको ब्याजदर कम छ। अहिले आयोजनाले स्थिर ब्याजदरमा पैसा उपयोग गर्न पाएका छन्। ठूलो रकम ऋण तिर्न प्रयोग हुने गरेकामा ब्याजदर घट्दा त्यसको सकारात्मक प्रभाव देखिएको हो,’ कार्कीले भने, ‘अर्को कुरा यसपालि वर्षा राम्रो भएका कारण आयोजना पूर्ण क्षमतामा सञ्चालन भए। अहिले हाइड्रोपावरको विद्युत खेर गएको छैन। त्यसले आम्दानी बढाएको हो।’

विद्युत उत्पादनका लागि वर्षातका कारण पहिलो त्रैमास राम्रो सिजन मानिन्छ। यो अवधिमा आयोजना पूर्ण क्षमतामा सञ्चालनमा आउँछन्। सुख्खायाममा नदीमा पानीको बहाब घट्ने भएका कारण विद्युत उत्पादन एक तिहाइमा झर्ने गरेको छ।

जलविद्युत कम्पनीले दुई आर्थिक वर्ष पहिलो त्रैमासमा आर्जन गरेको मुनाफा रु हजारमा

कम्पनीखुद नाफा (२०८२/८३ पहिलो त्रैमास)खुद नाफा (२०८१/८२ पहिलो त्रैमास)फरक %
अपर तामाकोसी१६७४६८९६३१९८४१६४.९९
साहस ऊर्जा४९४८९९४००२२५२३.६६
माउन्टेन इनर्जी नेपाल४२३४९६३०५३९३३८.६७
ग्रीन भेन्चर्स३०२८९३२३५६७४२८.५२
राधी विद्युत २७८५१३३०५५१८११.६३
अपी पावर२६२७५५१८१७०३४४.६१
सानिमा मिडल तमोर२१००१६१४५७८२४४.०६
चिलिमे२०५८४१२०९७२५-१.८५
सानिमा माई हाइड्रोपावर१६४७९१२०१७८८-१८.३३
सान्जेन जलविद्युत १५३८२५-५४९७२
बलेफी हाइड्रोपावर१२४४७५-५६८३४
अपर सोलु हाइड्रो इलेक्टिक ११६४९८९९६८९१६.८६
सिंगटी हाइड्रो इनर्जी११२२२८११२५६३-०.३
स्वेत गंगा हाइड्रोपावर९७२६४६५६३०४८.२
सिक्लेस हाइड्रोपावर८७६९९८२१६५६.७४
बिन्धबासिनी हाइड्रोपावर८७१८२६३९३२३६.३७
माउन्टेन हाइड्रो नेपाल८४९०६-३८६२४६
बुटवल पावर ८४८०२६६०६८२८.३६
सुपर मार्दी हाइड्रोपावर७०३७९३३१४१११२.३६
सुपर माई हाइड्रोपावर७०३७९३३१४१११२.३६
हिमालय ऊर्जा विकास ६६२३२१२६२८३-४७.५५
हिमालयन पावर पार्टनर६३८७७९२७६४-३१.१४
माथिल्लो मैलुङ खोला६०५७६४३९०९३७.९६
अरुण काबेली५८००६८३३७९-३०.४३
तेह्रथुम पावर ५६२४७४६०३३२२.१९
युनिभर्सल पावर ५३६००७४८१९-२८.३६
अपर हेवाखोला हाइड्रो इलेक्ट्रिक ५१८२७४५१४३१४.८१
पाँचथर पावर ५१५३५-२५६४०-३००.९९
माण्डु हाइड्रोपावर५०२५७१०४३६१-५१.८४
अरुण भ्याल्ली हाइड्रोपावर४५३२३११३६४९-६०.१२
कालिका पावर ४५२९२४६०७१-१.६९
मिडसोलु हाइड्रोपावर४१८३५३४३२१२१.८९
मोलुङ हाइड्रो ४०८३७३३०२२२३.६७
सिनर्जी पावर डेभलपमेन्ट३८९३९२९३१०३२.८५
सान्भी इनर्जी३८१२३२४४८९५५.६७
पञ्चकन्या माई हाइड्रोपावर३६६८३३२५९४१२.५५
हिमालयन हाइड्रोपावर३६३३३४०४९२-१०.२७
रुरु जलविद्युत परियोजना३२९३७३७२४९-११.५८
रिभर फल्स पावर३१४१९२९९३३४.९६
सगरमाथा जलविद्युत ३०६८६३८६८५-२०.६८
आँखु लोला जलविद्युत२८९१३८३३०२४७.०९
माइ खोला हाइड्रोपावर२८४१९३२३८३-१२.२४
मकर जितुमाया सुरी हाइड्रोपावर२८०८७५६१२४-४९.९६
युनाइटेड इदी मार्दी आरबी२६५८६३५२९२-२४.६७
मन्दाकिनी हाइड्रोपावर२४३६५२८२९२-१३.८८
समलिङ पावर २१७८५१३११५६६.११
ङादी ग्रुप पावर२१७२४१७७३२२२.५१
नेपाल हाइड्रो डेभलपर्स२१६६९२१७९८-०.५९
मनकामना इन्जिनियरिङ१९५२०४४३४३४०.२३
छ्याङदी हाइड्रोपावर१९२०७-८७
युनाइटेड मोदी हाइड्रो१९१८१३२२४५-४०.५१
दोल्ती पावर १९०८९१२२८९५५.३३
बरुण हाइड्रो१८९९०१६०४९१८.३३
इस्टर्न हाइड्रोपावर१७९३६१३६९९३०.९३
विकास हाइड्रोपावर१७७५४९८९९७९.३५
चिर्ख्वा हाइड्रोपाववर१७५२४१३२४८३२.२८
थ्रिस्टार१६५६९१२०२५३७.७९
मध्य भोटेकोसी१६४९४-११६४६
हिमाल दोलखा१६२८६५२५६२०९.८६
भगवती१६०६६८४९३८९.१७
सयपत्री१५५०४१३३५०१६.१३
एसियन हाइड्रोपावर१४७२१७६२८९२.९९
युनियन हाइड्रो१४६०३१४४७९०.८६
रवा इनर्जी डेभलपमेन्ट१३४०२४००७२३४.४६
दिव्यश्वरी हाइड्रोपावर११५५५६९८१६५.५२
नेसन हाइड्रोपावर१०६७७३८६३१७६.३९
भूगोल इनर्जी१०३९४४८२५११५.४२
मैलुङ खोला जलविद्युत ९६९७९१२३६.२९
दोर्दी खोला८९३७-३५७९
बुद्धभूमि नेपाल७५१८-११३६९
पिपुल्स हाइड्रोपावर६५६३-२०४९८
रिडी पावर ५९२७६२८३४-९०.५७
बाराही हाइड्रोपावर५९२७२६६९१२२.०७
इङवा हाइड्रो५६०११०४५२८५.५८
माइखोला हाइड्रोपावर५४८३७३६८-२५.५८
शुभम् पावर५२५०११००३७७.२७
पिपल्स पावर३३१९३०२१५-८९.०२
कुथेली बुखरी स्मल हाइड्रोपावर२५४४४६६३-४५.४४
सुपर स्याङे९१६-१३२९६
हिमस्टार ऊर्जा ५५२२७५००
शिवश्री हाइड्रोपावर-३०६-१२३३८
माबिलुङ इनर्जी-१६४३४६२
ङादी हाइड्रोपावर-७६९७-७५७५
राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन-१२७७६-११६१८
लिबर्टी इनर्जी -१६३८९-३६३३०
घलेम्दी हाइड्रो-१७३८८४३०६
खानीखोला हाइड्रो-१८९१४१५९२६
त्रिशुली जलविद्युत-२७४७५-३७७९४
मोदी इनर्जी-४११६७-१३१०८
भिजन लुम्बिनी ऊर्जा -९४६६३११२९०
रसुवागढी हाइड्रोपावर-६५३३५४-१०४४९
जम्मा५७२१५७६३८०८१७९५०.२४

आयोजना निर्माण गर्दा लिएको ऋणको ब्याज भुक्तानीमा ठूलो रकम खर्च हुने गरेको छ। तर, बैंक तथा वित्तीय संस्थाको ब्याजदर अहिले न्यून विन्दुमा आएको छ। बैंकको ब्याजदर पछिल्लो तीन वर्षदेखि निरन्तर ओरालो लागिरहेको छ।

निक्षेपको ब्याजदर २.७५ प्रतिशतमा आउँदा कर्जाकै औसत ब्याजदर असोजमा ७.५० प्रतिशतमा झरेको छ। ब्याजदरमा गिरावटको प्रभाव जलविद्युत कम्पनीको नाफामा हो।

अपर तामाकोसीका सीइओ मोहन गौतमले गत वर्षको तुलनामा यस वर्ष विद्युत उत्पादन र बिक्री राम्रो हुँदा नाफा बढेको बताए।

‘गत वर्षको तुलनामा यस वर्ष विद्युत उत्पादन र बिक्री राम्रो हुँदा नाफा बढेको हो,’ उनले भने, ‘आम्दानी बढ्दा कम्पनीको वित्तीय विवरणमा पनि सुधार देखिएको छ। बैंकको ब्याजदर घट्दा वित्तीय दायित्व पनि घटेको छ।’

जलविद्युत कम्पनीको यस वर्ष विद्युत बिक्रीबापत हुने आम्दानी बढेको छ। वर्षायाममा आन्तरिक खपत गरेर बढी भएको बिजुली नेपाल विद्युत प्राधिकरणले भारत निर्यात गर्दै आएको छ।

रसुवागढी हाइड्रोपावर भने सबैभन्दा धेरै ६५ करोड ३३ लाख रुपैयाँ नोक्सानीमा गएको छ। गत असार अन्तिम साता आएको बाढीले क्षति पुगेका कारण रसुवागढी हाइड्रोपावरको विद्युत उत्पादन बन्द छ। त्यतिखेर आधा दर्जन जलविद्युत आयोजनामा क्षति पुगेको थियो।

बाढि पहिरोकै कारण गत असोजमा डेढ दर्जन आयोजनामा क्षति पुगेको थियो। बाढी पहिरोले क्षति पुगेका कतिपय आयोजनाले विद्युत उत्पादन सुरु गरेका छैनन्। क्षति बेहोरेका कम्पनीको ब्यालेन्स सिट बिग्रिएको छ।