BIZMANDU
www.bizmandu.com

टाटा गाडीको थापाथलीस्थित शोरुम पुनर्निर्माण, क्षतिग्रस्त भएको दुई महिनापछि सञ्चालनमा

२०८२ मंसिर १

टाटा गाडीको थापाथलीस्थित शोरुम पुनर्निर्माण, क्षतिग्रस्त भएको दुई महिनापछि सञ्चालनमा
टाटा गाडीको थापाथलीस्थित शोरुम पुनर्निर्माण, क्षतिग्रस्त भएको दुई महिनापछि सञ्चालनमा

काठमाडौं। जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको टाटा गाडीको थापाथलीस्थित शोरुम दुई महिनापछि सोमबारबाट संचालनमा आएको छ।

Tata
GBIME
Nepal Life

टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले पुनर्निर्माण गरेर शोरुम संचालनमा ल्याएको हो।

शोरुमलाई केही फरक बनाइएको छ। शोरुममा कस्टमर लाउन्ज थपिएको छ। टाटाको ग्लोबल स्ट्यान्डर्ड अनुसार शोरुम तयार पारिएको सिप्रदी ट्रेडिङले जनाएको छ।

कम्पनीले भदौ २४ गतेको विध्वंसमा ८ वटा गाडी र शोरुम गरी करिब २० करोड रुपैयाँको क्षति बेहोरेको थियो।