BIZMANDU
www.bizmandu.com

एनसेल फाउन्डेसनले एनपीएलमा हरेक चौकाबापत विद्यार्थीलाई ४ वटा शैक्षिक सामग्री वितरण गर्ने

२०८२ मंसिर १

एनसेल फाउन्डेसनले एनपीएलमा हरेक चौकाबापत विद्यार्थीलाई ४ वटा शैक्षिक सामग्री वितरण गर्ने
एनसेल फाउन्डेसनले एनपीएलमा हरेक चौकाबापत विद्यार्थीलाई ४ वटा शैक्षिक सामग्री वितरण गर्ने


काठमाडौं। एनसेल फाउन्डेसनले यस वर्ष पनि नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरूमा हानिने प्रत्येक चौकाबापत ४ वटा शैक्षिक सामग्री प्रदान घोषणा गरेको छ।

Tata
GBIME
Nepal Life

एनसेलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई एनपिएलमा हानिने प्रत्येक चौकाबापत शैक्षिक सामग्री सहयोग गर्ने घोषणा गरेको हो।

एनसेलले प्रत्येक चौकाबापत चार वटा शैक्षिक सामग्री सहयोग गर्ने घोषणालाई क्रिकेटदेखि कक्षाकोठा जोड्ने नवीन पहल भनेको छ।

एनसेलले शैक्षिक सामग्रीका रुपमा विद्यार्थीलाई स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायत उपलब्ध गराउनेछ।

‘क्रिकेटले हामी सबैलाई जोडेको छ। एनपीएलसँगको सहकार्यमार्फत सामुदायिक विद्यालयका विद्यार्थीको उज्यालो भविष्यका लागि यो पहललाई अझै अगाडि बढाउन पाएकोमा हामी धेरै खुसी छौं,’ एनसेलकी कर्पोरेट कम्युनिकेसन तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखालक्ष्मी खड्काले भनिन्, ‘खेलमा प्रहार हुने प्रत्येक चौका विद्यार्थीले भविष्यमा प्राप्त गर्ने अवसर, सिकाइ र हुर्काइसँग जोडिनेछन्।’

एनसेलले गत वर्षको एनपीएलमा पनि प्रत्येक चौकाबापत ४ वटा शैक्षिक सामग्री दिंदा २ हजार ६१२ विद्यार्थी लाभान्वित भएका थिए। गत वर्षको एनपीएलमा खेलाडीले कुल ६५३ चौका हानेका थिए।