BIZMANDU
www.bizmandu.com

काठमाडौंमा मंसिर ४ गते पहिलो ‘एआई इन बैंकिङ तथा फिन्टेक सम्मेलन २०२५’ हुने

२०८२ मंसिर १

काठमाडौंमा मंसिर ४ गते पहिलो ‘एआई इन बैंकिङ तथा फिन्टेक सम्मेलन २०२५’ हुने
काठमाडौंमा मंसिर ४ गते पहिलो ‘एआई इन बैंकिङ तथा फिन्टेक सम्मेलन २०२५’ हुने

काठमाडौं। फिन्टेक अलायन्स नेपाल र काठमाडौं फिन्टेकको संयुक्त आयोजनामा पहिलो ‘एआई इन बैंकिङ तथा फिन्टेक सम्मेलन २०२५’ मंसिर ४ गते काठमाडौंमा हुने भएको छ।

Tata
GBIME
Nepal Life

कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले गर्नेछन्। सम्मेलनमा देशविदेशका प्रतिष्ठित वक्ता, बैंक तथा फिन्टेकका उच्च नेतृत्व र नियामक निकायका अधिकारीहरू सहभागी रहनेछन्।

कार्यक्रममा झन्डै डेढ सयभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ। उक्त कार्यक्रममा फोनपेको प्रस्तुति रहनेछ भने इसेवा, भिजा, आडिस्वान लगायतका प्रतिष्ठित फिन्टेक तथा प्रविधि कम्पनीहरूले सहयोग गर्नेछन्।

वक्ताहरूले एआईले बैंकिङ, फिन्टेक, भुक्तानी प्रणाली, साइबर सुरक्षा, ग्राहक अनुभव, जोखिम व्यवस्थापन र वित्तीय समावेशितामा ल्याउन सक्ने रूपान्तरणबारे विचार राख्नेछन्। सम्मेलनले नेपालको बैंकिङ तथा वित्तीय क्षेत्रमा एआईको प्रयोगबारे जागरण, क्षमता विकास र व्यवहारिक पक्षमा गहिरो छलफल गर्ने लक्ष्य राखिएको छ।

कार्यक्रममा अन्तर्राष्ट्रिय विशेषज्ञ दीपक शर्मा, राजगोपाल पी, कृत दोषी र जियोभानी लेमसले आफ्ना धारणा प्रस्तुत गर्नेछन्। त्यस्तै, राष्ट्र बैंकका निर्देशक शुभाषचन्द्र घिमिरे, नबिल बैंकका सीइओ मनोज ज्ञवाली, एनएम्बी बैंकका सीइओ गोविन्द घिमिरे र ग्लोबल आइएमइ बैंकका डीसीइओ सुमन पोखरेल पनि कार्यक्रमका वक्ता हुन्।

आयोजक काठमाडौं फिन्टेकका संस्थापक तथा फिन्टेक अलायन्स नेपालका संस्थापक पूर्व अध्यक्ष सञ्जिव सुब्बाले यो सम्मेलन एआईको जिम्मेवार, सुरक्षित र प्रभावकारी प्रयोगलाई मुख्य धारमा ल्याउने महत्त्वपूर्ण कदम हुने विश्वास व्यक्त गरेका छन्।