BIZMANDU
www.bizmandu.com

नेपाल ट्रष्टको जग्गा लिज प्रकरणः पूर्वसचिव अर्जुनकुमार कार्की पक्राउ

२०८२ कात्तिक ३०

नेपाल ट्रष्टको जग्गा लिज प्रकरणः पूर्वसचिव अर्जुनकुमार कार्की पक्राउ
नेपाल ट्रष्टको जग्गा लिज प्रकरणः पूर्वसचिव अर्जुनकुमार कार्की पक्राउ

काठमाडौं। नेपाल ट्रष्टको जग्गा लिज प्रकरणमा पूर्व सचिव अर्जुनकुमार कार्की पक्राउ परेका छन्।

Tata
GBIME

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कार्कीलाई आइतबार पक्राउ गरेको हो।

काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिइ कार्कीलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ।

ट्रष्टको नाममा रहेको जग्गा थामशेर्कु ट्रेकिङलाई लिजमा दिँदा संस्थालाई हानी नोक्सानी पुर्‍याइ गैरकानुनी रुपमा लाभ लिएको अभियोग कार्कीमा लगाइएको छ।

२०७४ जेठ १४ गते ट्रष्ट र थामशेर्कुबीच लिज सम्झौता भएको थियो। उक्त प्रकरणमा पूर्व सहसचिव लेखबहादुर कार्की यसअघि नै पक्राउ परिसकेका छन्।

घटनामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।