BIZMANDU
www.bizmandu.com

अर्थमन्त्रीलाई व्यवसायीका अनेक सुझाव, खनालको जवाफ- मनोबल बढाउन केन्द्रित छौं

२०८२ कात्तिक ३०

अर्थमन्त्रीलाई व्यवसायीका अनेक सुझाव, खनालको जवाफ- मनोबल बढाउन केन्द्रित छौं
अर्थमन्त्रीलाई व्यवसायीका अनेक सुझाव, खनालको जवाफ- मनोबल बढाउन केन्द्रित छौं


काठमाडौं। अर्थमन्त्री रामेश्वर खनालले सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण सिर्जना गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन्।

Tata
GBIME
Nepal Life

उनले आइतबार नेपाल चेम्बर अफ कमर्सले काठमाडौंमा गरेको कार्यक्रममा निजी क्षेत्रको मनोबल बढाएर लगानीमैत्री वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताए।

उनले आर्थिक र मौद्रिक नीतिबीचको तालमेलमार्फत अर्थतन्त्रमा सुधार ल्याउन आफू प्रयासरत रहेको पनि बताए।

कार्यक्रममा चेम्बर अध्यक्ष कमलेश कुुमार अग्रवालले अर्थमन्त्री खनालसमक्ष वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण र सुुरक्षा, कर सम्बन्धी व्यवस्था, पुँजीगत खर्च, घरजग्गा कारोबार र सहकारीका विषयमा विभिन्न सुुझाव प्रस्तुत गरे।

उनले लगानीकर्ताको खस्किएको मनोबल उकास्न सुरक्षाको प्रत्याभूति गरिनुुपर्ने बताए। उनले भारतमा जीएसटीका दरमा हालै भएको व्यापक कटौतीले नेपालमा पनि भन्सारका दर समायोजन गरी प्रतिस्पर्धी बजार निर्माणको वातावरण सिर्जना गर्नुुपर्ने आवश्यक्ता औंल्याए।

चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले बाँझो जमिन र रेमिटेन्स सदुुपयोग गर्ने नीति ल्याउन सुझाव दिए। चेम्बरका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले कर राजस्वका नाममा अनावश्यक दुुःखका कारण व्यवसायीहरु पलायन हुने अवस्था आएकोतर्फ ध्यान दिन आग्रह गरे।

चेम्बरका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले घरजग्गा क्षेत्र चलायमान हुुन नसक्दा अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको भन्दै बैंक तथा वित्तीय संस्थाले बेस रेटमा लिने प्रिमियम ०.५ प्रतिशत मात्रै हुुनुुपर्ने बताए।