BIZMANDU
www.bizmandu.com

टाटाको फेमिली कार सियरा छिटै सार्वजनिक हुने, कस्तो छ मोडर्न लाइफस्टाइल एसयुभी?

२०८२ कात्तिक ३०

टाटाको फेमिली कार सियरा छिटै सार्वजनिक हुने, कस्तो छ मोडर्न लाइफस्टाइल एसयुभी?
टाटाको फेमिली कार सियरा छिटै सार्वजनिक हुने, कस्तो छ मोडर्न लाइफस्टाइल एसयुभी?

काठमाडौं। टाटा मोटर्सले उत्पादन गरेको फेमिली कार सियरा एसयुभी छिट्टै लन्च गर्ने तयारी गरेको छ। कम्पनीले कारको ‘इन्टेरियर’ र अन्य फिचरहरु सार्वजनिक गरेको छ। यो गाडी नोभेम्बर २५ सार्वजनिक हुने भनिएको छ।

Tata
GBIME
Nepal Life

यसलाई टाटाको मोडर्न लाइफस्टाइल एसयुभी भनिएको छ। सियरा कार दुई दशक अगाडि नै टाटाले बजारमा ल्याएको थियो। तर पछि यसको उत्पादन बन्द गरिएको थियो। हाल फेरि त्यही ब्रान्डमै टाटाले गाडी उत्पादन गरेको हो।

कम्पनीले यो गाडी पेट्रोल, डिजल र इलेक्ट्रिक पावर ट्रेनमा संचालन हुने गरि बनाएको जनाएको छ। यसमा डुअल इन्फोटेन्मेन्ट स्क्रिन र एउटा डिजिटल ड्राइभर डिस्प्ले स्क्रिन लेआउट उपलब्ध हुने भनिएको छ। यस्तै, गाडीलाई क्याबिनलाई कम्फर्ट, स्पेस र व्यावहारिक बनाउन खोजिएको छ।

कर्भमा भएको जस्तै फोर स्पोक स्टेरिङ ह्वील यसमा राखिनेछ। टाटाको लोगोसहितको टच सेन्सिटीभ कन्ट्रोल छ। गाडीको सबै सिटहरुको हेडरेस्ट एडजस्ट गर्न सकिने फिचर राखिएको छ। यसमा भएको धेरै फिचरहरु दैनिक पारिवारिक रुपमा प्रयोग हुने किसिमको भएको भनिएको छ।

यो गाडीमा प्यानारोमिक सनरुफसहित जेबीएलको अडियो सिस्टम छ। गकारको अगाडिको दुवै सिट ‘भेन्टिलेटेड’ छ। साथै डुअल जोन क्लाइमेट कन्ट्रोल, वायरलेस चार्जिङ, रियर चार्जिङ सनशेड, ३६० डिग्री क्यामेरा, इलेक्ट्रिक पार्किङ ब्रेक र एडास लेभल २ सिस्टम उपलब्ध छ।