काठमाडौं । पछिल्लो साता बढेर साढे २ लाख रुपैयाँ पार गरेको सुनको मूल्य आज घटेको छ।
आज सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँले घटेको छ। आइतबार लागि सुनको कारोबार मूल्य प्रति तोला २ लाख ४२ हजार ८०० रुपैयाँ तय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार सुनको मूल्य बढेर प्रति तोला २ लाख ५० हजार २०० रुपैयाँ पुगेको थियो। शुक्रबार भने सुनको भाउ घटेर प्रति तोला २ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेर आज प्रति तोला ३ हजार १३५ रुपैयाँ आइपुगेको छ। अघिल्लो दिनको भन्दा चाँदी तोलामा १५० रुपैयाँ घटेको हो। शुक्रबार चाँदी प्रति तोला ३ हजार २८५ मा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार ८०.७८ डलर र चाँदी प्रतिऔंस ५०.६२ डलर छ।