BIZMANDU
www.bizmandu.com

म्यारिज ब्यूरो चलाएको आरोपमा चार चिनियाँ पक्राउ, केही महिलालाई चीन पठाएको खुलासा

२०८२ कात्तिक २९

म्यारिज ब्यूरो चलाएको आरोपमा चार चिनियाँ पक्राउ, केही महिलालाई चीन पठाएको खुलासा
म्यारिज ब्यूरो चलाएको आरोपमा चार चिनियाँ पक्राउ, केही महिलालाई चीन पठाएको खुलासा

काठमाडौं। अनधिकृत म्यारिज ब्यूरो सञ्चालन गरेको आरोपमा काठमाडौंको सोह्रखुट्टेबाट चार जना चिनियाँ नागरिक पक्राउ परेका छन्। व्यवसायसम्बन्धी भिसा लिएर आएका उनीहरूले अनधिकृत गतिविधि गरेको खुलेको हो।

Tata
GBIME

विशेष सूचनाका आधारमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरी हिरासतमा राखेको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए। शुक्रबार साँझ पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको छ।

उनीहरूले गरिब तथा विपन्न परिवार र विकट क्षेत्रका युवतीहरूलाई प्रलोभनमा पारेर चिनियाँ नागरिकसँग बिहे गराउने गरेको भन्ने सूचना अध्यागमनले पाएको छ। विवाहका लागि केही महिलाहरूलाई चीनसमेत पठाइसकेको खुल्न आएको छ।

पक्राउ पर्नेमा एक महिला र तीन पुरुष छन्। यिनमा केही भने लामो समयदेखि फरक-फरक भिसामा नेपाल आउजाउ गरिरहेको खुलेको पनि विभागले जनाएको छ।