काठमाडौं। शुक्रबार सुनचाँदीको भाउ ओरालो लागेको छ। अघिल्लो दिनको भन्दा सुनमा प्रति तोला ५ सय र चाँदीमा ६० रुपैयाँले गिरावट आएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ४९ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ।
बिहीबार सुनको मूल्य तोलामा ५ हजार ९ सय रुपैयाँले बढेर प्रति तोला २ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार सुन प्रति तोला २ लाख ४४ हजार ३ सय रुपैयाँ थियो।
चाँदीको मूल्य शुक्रबार तोलामा ६० रुपैयाँ घट्दै प्रति तोला ३ हजार २८५ रुपैयाँ तय भएको छ। बिहीबार चाँदी तोलामा १७० रुपैयाँ बढ्दै प्रति तोला ३ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ४१९५.०३ डलर र चाँदी प्रति औंस ५२.८९ डलर रहेको छ।