BIZMANDU
www.bizmandu.com

एनपीएल दोस्रो संस्करणका लागि ५ सयदेखि २ हजारसम्मको टिकट, सिजनल पासको पनि व्यवस्था

२०८२ कात्तिक २७

एनपीएल दोस्रो संस्करणका लागि ५ सयदेखि २ हजारसम्मको टिकट, सिजनल पासको पनि व्यवस्था
एनपीएल दोस्रो संस्करणका लागि ५ सयदेखि २ हजारसम्मको टिकट, सिजनल पासको पनि व्यवस्था

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)का लागि टिकट दर सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार एनपीएलका लागि टिकट दर सार्वजनिक गरेको हो।

Tata
GBIME
Nepal Life

उद्घाटनको दिन र शनिबारका लागि साधारणतर्फको टिकट शुल्क ५ सय रुपैयाँ र प्रिमियम टिकटको शुल्क १५ सय रुपैयाँ तोकिएको छ। त्यस्तै, शनिबारबाहेकका दिनका लिग चरणको खेलका लागि साधरणतर्फ ५ सय र प्रिमियम तर्फ १ हजार रुपैयाँ तोकिएको छ।

प्लेअफ र फाइनलका लागि साधारणतर्फ १ हजार रुपैयाँ र प्रिमियमतर्फ २ हजार रुपैयाँ तोकिएको छ। त्यस्तै सिजनल पासको लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको छ।

टिकट खल्ती एपबाट लिन सकिनेछ।

एनपीएल मंसिर १ गतेबाट कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरु हुँदैछ।