BIZMANDU
www.bizmandu.com

लेम्फी र ईसेवा मनी ट्रान्सफरबीच कारोबार गर्ने समझदारी, रेमिट्यान्स प्रवाहमा सुलभता र पहुँच विस्तार

२०८२ कात्तिक २६

लेम्फी र ईसेवा मनी ट्रान्सफरबीच कारोबार गर्ने समझदारी, रेमिट्यान्स प्रवाहमा सुलभता र पहुँच विस्तार
लेम्फी र ईसेवा मनी ट्रान्सफरबीच कारोबार गर्ने समझदारी, रेमिट्यान्स प्रवाहमा सुलभता र पहुँच विस्तार


काठमाडौं । लेम्फीको रूपमा व्यापार गर्ने राइटकार्ड पेमेन्ट सर्भिसेज लिमिटेडले नेपालमा रेमिट्यान्स सेवा सुरु गर्न डिजिटल भुक्तानी प्लेटफर्म ईसेवा मनी ट्रान्सफरसँग साझेदारी गर्ने भएको छ। नेपालको राष्ट्र बैकले सम्झौताअनुमोदन गरेसँगै दुवैलाई रेमिट्यान्सको क्षेत्रमा सहकार्य गर्न बाटो खुल्ला भएको हो।

Tata
GBIME
Nepal Life

यो साझेदारीले उत्तरी अमेरिका र युरोप (बेलायत सहित) का नागरिकलाई कम लागत, भरपर्दो र प्रतिस्पर्धी अन्तर्राष्ट्रिय भुक्तानी सेवाहरू प्रदान गर्न लेम्फीलाई सक्षम बनाउने विश्वास लिइएको छ। यो सँगै लेम्फीमार्फत् नेपाल, अफ्रिका, एसिया, ल्याटिन अमेरिका, युरोपका देशहरूमा पैसा पठाउन पाइने भएको छ।

देशको आर्थिक समृद्धिमा रेमिट्यान्सले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। एक विश्वसनीय वित्तीय सेवाप्रदायकसँगको यो साझेदारीले सेवाग्राही लाभान्वित हुने विश्वास रहेको जनाइएको छ।

‘नेपाली आप्रवासीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्य साथ जुटेको यो समझदारीलाई नेपालले स्वीकृति प्रदान गरेकोमा हामी खुसी छौं,’ लेम्फीका दक्षिण एसिया प्रमुख मुहम्मद दैयानआलमले भने,’नेपाल दक्षिण एसियामा धेरै रेमिट्यान्स प्रवाह गर्ने राष्ट्रमध्ये अग्रपङ्क्तिमा पर्छ। हामी ग्राहकहरू साथै उनीहरूका लाभार्थीहरूलाई पहुँचयोग्य र निष्पक्षवित्तीय सेवाहरू प्रदान गर्ने हरेक अवसरलाई स्वागत गर्दछौं।’

यस साझेदारी पश्चात ग्राहकहरू केन्द्रीय बैंकद्वारा निर्धारित नियामक मापदण्डहरूको पालनामा लेम्फी प्रति आश्वस्त हुन जनाइएको छ। ईसेवा मनी ट्रान्सफरको स्थापित भुक्तानी सञ्जालमार्फत ग्राहकसँगको सम्पर्क र विश्वसनीयताको लाभ लिन सक्ने भनिएको छ।

अमेरिका, बेलायत, युरोप र क्यानडामा २० लाखभन्दा बढी ग्राहकभएको लेम्फीले कसरी अत्याधुनिक प्रविधि, रणनीतिक साझेदारी र प्रमुख अधिग्रहणहरूले सुरक्षित, भरपर्दो र नवीनतम् वित्तीय सेवाहरू प्रदानगर्न सक्छन् भनेर खोजी जारी राख्नेछ जुन विश्वभरका आप्रवासीहरूका लागि उपयोगी हुने कम्पनीले जनाएको छ।