BIZMANDU
www.bizmandu.com

प्रतिनिधि सभा पुनर्स्थापनालाई केन्द्रीय समितिको एजेन्डा बनाउन कांग्रेस नेता घिमिरेको माग

२०८२ कात्तिक २६

प्रतिनिधि सभा पुनर्स्थापनालाई केन्द्रीय समितिको एजेन्डा बनाउन कांग्रेस नेता घिमिरेको माग
प्रतिनिधि सभा पुनर्स्थापनालाई केन्द्रीय समितिको एजेन्डा बनाउन कांग्रेस नेता घिमिरेको माग

काठमाडौं। नेपाली कांग्रेसका नेता श्याम घिमिरेले प्रतिनिधि सभा पुनर्स्थापनालाई केन्द्रीय समितिको एजेन्डा बनाउन प्रस्ताव गरेका छन्।

Tata
GBIME
Nepal Life

केन्द्रीय समितिको बुधबारको बैठकमा घिमिरले प्रतिनिधि सभा पुनर्स्थापनालाई एजेन्डा बनाउन प्रस्ताव गरेका हुन्।

यसअघि कार्यसम्पादन समितिको बैठकले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको निर्णय गरिसकेको अवस्थामा यो विषय कांग्रेसको एजेन्डा बन्नुपर्ने घिमिरेको तर्क छ।

‘कांग्रेसले प्रतिनिधिसभा पुनर्स्थापनाको एजेन्डा पहिले नै लिएको हो। जेनजी विद्रोहपछि प्रतिनिधि सभा विघटन र सरकार निर्माणको प्रक्रियालाई पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले असंवैधानिक भनिसकेको छ,’ घिमिरेले बैठकमा भने।

असोज २८ गतेदेखि जारी केन्द्रीय समिति बैठकमा पुनर्स्थापनाको विषय एजेन्डा नबनेपछि कांग्रेसका निवर्तमान प्रमुख सचेतक घिमिरेले गत शनिबार हस्ताक्षर अभियान चलाएका थिए। उनले ८८ सांसदमध्ये ४४ जनाले पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरिसकेको जानकारी समेत दिए।

अर्का केन्द्रीय सदस्य दीपक खड्काले प्रतिनिधि सभा पुनर्स्थापनाको माग निवर्तमान सांसदहरुको अधिकारको विषय भएको बताए। ‘हामी कानुनी राज्यमा विश्वास गर्ने दल भएकोले अदालतको निर्णय मान्ने कुरा हो। निवर्तमान सांसदहरुले यो अधिकार मागेका छन्,’ खड्काले सञ्चारकर्मीसँग भने।

प्रतिनिधि सभा पुनर्स्थापनाका लागि परेका १६ वटा रिटमा सर्वोच्च अदालतले यसअघि नै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरिसकेको छ।