काठमाडौं। कुमारी बैंकले ‘ग्रिन सेभिङ्गस डिपोजिट अकाउन्ट’ नामक निक्षेप योजना ल्याएको छ। साधारण बचत खातामा भन्दा ०.२५ प्रतिशत बढी ब्याजदर दिने गरी बैंकले नयाँ निक्षेप योजना ल्याएको हो।
यो योजनामा एक लाखसम्मको बीमा सुविधा, दुई वर्षसम्म निःशुल्क मोबाइल बैकिङ सेवा र दुई लाखसम्मको फोन कर्जा सुविधा रहेको बैंकले जनाएको छ।
‘एक खाता एक रुख’ सिद्धान्तमा आधारित यो योजनाअन्तर्गत खोलिने हरेक खाताबापत एक बिरुवा बैंकले रोप्नेछ। बैंकका दिगो बैकिङ विभाग प्रमुख अर्पण पौडेलले यो योजनाबाट वातावरण संरक्षणमा दोहोरो प्रभाव पर्ने बताए।
‘यो योजना अन्तर्गत संकलन हुने निक्षेपलाई हामी दिगो विकास प्रवर्धन गर्ने र पर्यावरणमा सकरात्मक प्रभाव सृजना गर्ने क्षेत्रमा लगानी गर्छौं। साथै प्रत्येक खाताबापत एक बिरुवा रोप्ने भएकोले वातावरण संरक्षणमा दोहोरो प्रभाव पर्नेछ,’ उनले भने।