BIZMANDU
www.bizmandu.com

प्रहरीमाथि ड्रोन खसाल्ने अभिव्यक्ति दिएका भुसाललाई धरौटी वा हाजिरी जमानत दिन सर्वोच्चको परमादेश

२०८२ कात्तिक २४

प्रहरीमाथि ड्रोन खसाल्ने अभिव्यक्ति दिएका भुसाललाई धरौटी वा हाजिरी जमानत दिन सर्वोच्चको परमादेश
प्रहरीमाथि ड्रोन खसाल्ने अभिव्यक्ति दिएका भुसाललाई धरौटी वा हाजिरी जमानत दिन सर्वोच्चको परमादेश

काठमाडौं। प्रहरीमाथि ड्रोन खसाल्ने अभिव्यक्ति दिँदा पक्राउ परेका निकोलास भुसाललाई धरौटी वा हाजिरी जमानतको सुविधा दिन सर्वोच्च अदालतले परमादेश आदेश जारी गरेको छ।

Tata
GBIME

भुसालको तर्फबाट दायर बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चले परमादेश जारी गरेको हो। भुसालसँग कुनै विस्फोटक पदार्थ नभेटिएको पनि आदेशमा उल्लेख गरेको छ।

अदालतले भनेको छ, ‘अभिव्यक्तिकै आधारमा मात्र निजलाई थुनामा नै राखी मुद्धाको अनुसन्धान गर्नु संविधानले आत्मसात गरेको वैयक्तिक स्वतन्त्रताको संरक्षण सम्बन्धी मूल्यमान्यता अनुकूल नदेखिएकाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ समेतको कानुनी व्यवस्थाको रोहमा निजउपरको अनुसन्धान तहकिकातको विश्वसनीयता र प्रभावकारीतामा असर नपर्ने गरी निजबाट धरौट वा जमानत लिई वा निजलाई हाजिरी जमानीमा राखी अनुसन्धान तहकिकात गर्ने गराउने सम्बन्धमा उपयुक्त निर्णय गर्नू भनी विपक्षीहरूका नाउँमा परमादेश जारी गरिएको छ।’