BIZMANDU
www.bizmandu.com

सानिमा बैंकका ग्राहकले दराज ११.११ योजनामा सामान खरिद गर्दा पाउनेछन् छुट

२०८२ कात्तिक २४

सानिमा बैंकका ग्राहकले दराज ११.११ योजनामा सामान खरिद गर्दा पाउनेछन् छुट
सानिमा बैंकका ग्राहकले दराज ११.११ योजनामा सामान खरिद गर्दा पाउनेछन् छुट


सानिमा बैंकले ग्राहकहरुका लागि दराज सँग दराज ११.११ योजनामा विशेष छुट दिने सहकार्य गरेको छ।

Vigo
GBIME
Tata

योजनाअवधिभर दराजबाट सामान खरिद गरि ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् १ हजार ५०० रुपैयाँ सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँ सम्मको छुट प्राप्त गर्न सक्ने जनाइएको छ।

छुटका लागि ग्राहकहरुले दराजबाट बैंक भौचर संकलन गर्नु पर्नेछ। योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘पहिलोलाई प्राथमिकता’ को आधारमा छुट प्रदान गरिनेछ।

यो योजना २०८२ कार्तिक २५ देखि मंसिर ५ गतेसम्मका लागि लागू हुनेछ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथाअफरहरु प्रदान गरि डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको जनाएको छ।