काठमाडौं। सिटिजन्स बैंकका ग्राहकले एकता बुक्समा १५ प्रतिशत छुट पाउने भएका छन्। बैंकले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउन सोमबार एकता बुक्ससँग सम्झौता गरेको छ।
सम्झौता अनुसार बैंकका ग्राहकले एकता बुक्सको थापाथली, मानभवन,पोखरा र इटहरी आउटलेटमा १५% छुट पाउनेछन्।
छुट पाउनका लागि बैंकका ग्राहकले डिजिटल माध्यमबाट भुक्तानी गर्नुपर्नेछ। ग्राहकलाई डिजिटल कारोबार गर्नका लागि प्रोत्साहित गर्न एकता बुक्ससँग सम्झौता गरेको बैंकले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।