BIZMANDU
www.bizmandu.com

लोकधुन र आधुनिक वाद्यवादनको संगम, ‘द कम्पोजर्स डेस्क’ सम्पन्न

२०८२ कात्तिक २३

लोकधुन र आधुनिक वाद्यवादनको संगम, ‘द कम्पोजर्स डेस्क’ सम्पन्न
लोकधुन र आधुनिक वाद्यवादनको संगम, ‘द कम्पोजर्स डेस्क’ सम्पन्न

काठमाडौं । परम्परागत लोकवादन र आधुनिक वाद्यवादनको फ्युजन प्रस्तुत गर्दै ‘द कम्पोजर्स डेस्क – फर्स्ट एडिशन २०२५’ सम्पन्न भएको छ।

Tata
GBIME
Nepal Life

नाम्लो म्युजिक हबका संस्थापक तथा संगीतकार गंगा थापाको कलात्मक दृष्टिकोणमा तयार गरिएको यो कार्यक्रमले संगीत सिर्जनाको आत्मा र भावनालाई प्रत्यक्ष अनुभव गराएको थियो। शनिबार राष्ट्रिय सभागृहमा कार्यक्रम सम्पन्न भएको हो।

करिब २५ जना संगीतकारहरुले एउटै मञ्चमा तीन घण्टासम्म नेपाली लोकधुन र विश्वसंगीतको मिश्रण धुनहरु बजाएका थिए।

कार्यक्रम ‘जारि’ चलचित्रको संगीतबाट सुरु हुँदै ‘तिनपाते’, कर्णाली क्षेत्रका स्थानीय धुन ‘बौजु’, थारू समुदायको ‘सखी रि’ लगायत १६ वटा मौलिक सिर्जनाहरू प्रस्तुत गरिएका थिए।

मुरलीदेखि सारंगी, मदलदेखि बांसुरी, ड्रमसेटदेखि स्ट्रिङ सेक्शनसम्म सबैले एकै स्वरमा संगीतकारको दृष्ट्रि र भावलाई जीवन्त बनाएका थिए।

कार्यक्रममा सहभागी कलाकारहरु

गंगा थापा संगै एइलिन थापा: सेलो, स्वर, फोबी श्रेष्ठ: भायोलिन, ईभा महर्जन: सेलो, रोश्ना शाक्य: भायोलिन, रवी श्रेष्ठ: डबल बेस, स्वर्‍णिम महर्जन: बाँसुरी, रुपेश शाक्य: बाँसुरी, फ्लुट, परास सुवेदी: मादल, सिजन महर्जन: पर्कसन (तालवाद्य), जोसेफ श्रेष्ठ: गिटार, अश्विन: सारंगी, धन बहादुर गुरुङ: सनई, स्टिभ अरास्तिया: क्ल्यारिनेट

गायक/स्वर कलाकारहरू, शिङ्ग्रोन पुन, पवन गिरी, अम्शु कार्की, रेश्मा पुन, समिक्षा चौधरी, सन्तोष राना, पार्वती थापा, श्रीति प्रधानसँगै बालबालिका।