काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार प्रतिवादी निरन्जन कुमार खरेललाई पक्राउ गरेको छ।
गोप्य सूचनाको आधारमा रौतहटको फतुवा हर्साह-९ का ४२ वर्षिय खरेललाई पक्राउ गरेको सीआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए।
खरेल नक्कली भुटानी शरणार्थी प्रकरणमा संकलन भएको नगद तथा चेकमार्फत रकम जम्मा गर्ने, ओसारपसार गर्ने, गैरकानुनी रुपमा ठगी तथा कागजात कीर्ते गरी पीडितहरुबाट असुल गरी प्राप्त भएको रकम लिने गिरोहसँग मिलेमतो गर्ने र संगठित अपराधमा संलग्न रहेको सीआइबीको दाबी छ। सीआइबीले अनुसन्धान थालेपछि खरेल फरार भएका थिए।