काठमाडौं। एनआईसी एशिया बैंकका ग्राहकले द क्लिफ नेपालमा विभिन्न सेवा लिँदा छुट पाउने भएका छन्। बैंकले यसबारे द क्लिफ नेपालसँग सम्झौता भएको जनाएको छ।
सम्झौताअन्तर्गत बैंकका ग्राहकले पर्वतको कुश्मामा रहेको द क्लिफ नेपालमा उपलब्ध विभिन्न सेवाहरू लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
बैंकका ग्राहकले द क्लिफ नेपालमा आवास सेवा, मेगाट्रोल, स्काइसाइकल, स्काइ क्याफे सेवाहरूमा १० प्रतिशत छुट पाउने बैंकले जानकारी दिएको छ। उक्त सुविधा उपयोग गर्न बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।
द क्लिफ नेपालसँगको यस सहकार्यले ग्राहकलाई छुट सुविधा उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।