BIZMANDU
www.bizmandu.com

सिटिजन्स बैंकले अब क्यूआर कारोबार विवरण हेरेर ऋण दिने, ल्यायो ‘क्यूआर मर्चेन्ट लोन’ योजना

२०८२ कात्तिक २३

सिटिजन्स बैंकले अब क्यूआर कारोबार विवरण हेरेर ऋण दिने, ल्यायो ‘क्यूआर मर्चेन्ट लोन’ योजना
सिटिजन्स बैंकले अब क्यूआर कारोबार विवरण हेरेर ऋण दिने, ल्यायो ‘क्यूआर मर्चेन्ट लोन’ योजना

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले ग्राहकका लागि नयाँ ऋण योजना ल्याएको छ। बैंकले नयाँ डिजिटल ऋण सुविधा ‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ योजना ल्याएको हो।

Tata
GBIME
Nepal Life

यो योजना अन्तर्गत साना तथा मझौला व्यवसायीलाई उनीहरूको क्यूआर कारोबार विवरणका आधारमा सहज, छिटो र पारदर्शी रुपमा ऋण सुविधा उपलब्ध गराइने बैंकले जनाएको छ।

यो योजनालाई बैंकले आफ्नो डिजिटल बैंकिङ यात्रामा अर्को महत्वपूर्ण कदम भनेको छ।

यो योजनामा सम्पूर्ण प्रक्रिया पूर्णरूपमा डिजिटल हुने भएकाले ऋण लिनका लागि ग्राहकले शाखामा जानु पर्दैन। मोबाइल वा अनलाइन माध्यमबाट नै ऋणका लागि आवेदन दिन र स्वीकृति प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

ऋण पाउनका लागि व्यवसाय कम्तीमा ६ महिना सिटिजन्स बैंकको क्यूआर मर्चेन्ट भएको हुनुपर्ने छ। योग्य ग्राहकले ६ महिनाको औसत मासिक क्यूआर कारोबार रकमको अधिकतम २५ प्रतिशतसम्म ऋण सुविधा प्राप्त गर्न सक्नेछन्।

न्यूनतम ५० हजारदेखि अधिकतम ५ लाखसम्म ऋण लिन सकिने बैंकले जनाएको छ।

बैंकका प्रमुख कर्जा अधिकृत तथा सहायक प्रमुख कार्यकारी अधिकृत सुमन मुलेपातिले ‘क्यूआर मर्चेन्ट लोन’एउटा कोशेढुङ्गा बताए।