काठमाडौं। साताको पहिलो दिन सुनचाँदीको कारोबार मूल्यमा सामान्य घटबढ छ। गत साताको अन्तिम दिनका तुलनामा आइतबार सुन तोलामा २०० रुपैयाँ बढेको छ भने चाँदी ५ रुपैयाँ घटेको छ।
सुनको कारोबार मूल्य प्रति तोला २ लाख ३८ हजार ६ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि गत शुक्रबार प्रति तोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबारका तुलनामा शुक्रबार ६ सय रुपैयाँ बढेर कारोबार मूल्य कायम भएको थियो।
चाँदी प्रति तोला ३ हजार १५ रुपैयाँ भएको छ। गत शुक्रबार तोलाको ३ हजार २० रुपैयाँ थियो भने त्यसअघि बिहीबार ३ हजार १० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रति औंस ४००१.२१ डलरले कारोबार भइरहेको छ भने चाँदी प्रति औंस ४८.३ डलर छ। सुनको कारोबार मूल्य एक दिनमा प्रति औंस १७.६१ डलरले बढेको छ।