काठमाडौं। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको बैंकले जनाएको छ।
शाइन रेसुङ्गाको चुक्ता पुँजी हाल ४ अर्ब ८७ करोड ५७ लाख रुपैयाँ छ। बैंकले सेयरधनीलाई ६३ करोड ३८ लाख रुपैयाँ बराबर लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बैंक सञ्चालक समितिले कात्तिक २१ गते गरेको निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीले लाभांश पाउनेछन्।