BIZMANDU
www.bizmandu.com

महासंघले शनिबार राष्ट्रिय बृहत आर्थिक बहस गर्दै, प्रधानमन्त्री र चार मन्त्री सहभागी हुने

२०८२ कात्तिक २१

महासंघले शनिबार राष्ट्रिय बृहत आर्थिक बहस गर्दै, प्रधानमन्त्री र चार मन्त्री सहभागी हुने
महासंघले शनिबार राष्ट्रिय बृहत आर्थिक बहस गर्दै, प्रधानमन्त्री र चार मन्त्री सहभागी हुने

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्रिय बृहत आर्थिक बहस गर्ने भएको छ। महासंघले शनिबार प्रधानमन्त्री सुशीला कार्की र अरु चार मन्त्रीको उपस्थितिमा राष्ट्रिय बृहत आर्थिक बहस गर्ने भएको हो।

Tata
GBIME
Nepal Life

कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाको सहभागिता रहने महासंघले जनाएको छ।

महासंघले मुख्यसचिव एकनारायण अर्याल, नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्व पौडेल, विभिन्न मन्त्रालयका सचिव, नेपाल स्थित विभिन्न देशका राजदूत, विकास साझेदार र निजी क्षेत्रका संस्थाका प्रमुखलाई बोलाएको छ।

जेनजी आन्दोलनपछि देशको समग्र आर्थिक स्थिति र आगामी कार्यदिशाका बारेमा साझा धारणा तय गर्न बहस राखिएको महासंघले जनाएको छ। महासंघले यसअघि २०८० मा पनि राष्ट्रिय बृहत आर्थिक बहस आयोजना गरेको थियो।