BIZMANDU
www.bizmandu.com

सुरक्षण मुद्रण केन्द्रले बनेपास्थित आईटी पार्कमा सवारी लाइन्सेन्स छपाइ गर्दै

२०८२ कात्तिक २१

सुरक्षण मुद्रण केन्द्रले बनेपास्थित आईटी पार्कमा सवारी लाइन्सेन्स छपाइ गर्दै
सुरक्षण मुद्रण केन्द्रले बनेपास्थित आईटी पार्कमा सवारी लाइन्सेन्स छपाइ गर्दै

काठमाडौं। जेनजी आन्दोलनका क्रममा मेसिन र सर्भर ध्वस्त भएर छपाइ रोकिएको सवारीचालक अनुमति पत्र (लाइसेन्स) शुक्रबारबाट प्रिन्ट गर्न लागिएको छ।

Tata
GBIME
Nepal Life

सुरक्षण मुद्रण केन्द्रले बनेपास्थित आईटी पार्कमा अपराह्न ३ बजेदेखि लाइसेन्स प्रिन्ट गर्न लागिएको जनाएको छ।

केन्द्रका उपसचिव गोपालराज तिमल्सिनाका अनुसार सुरुमा ५२० वटा लाइसेन्स ट्रायलका रुपमा प्रिन्ट गर्ने जानकारी दिए।

‘आज हामीले ५२० वटा लाइसेन्स ट्रायलका रुपमा प्रिन्ट गर्न लागेका छौं। आईटी पार्कमा मन्त्रीज्यूको उपस्थितिमा लाइसेन्स प्रिन्ट हुनेछ,’ तिमल्सिनाले भने।

यातायात व्यवस्था विभागले केन्द्रसँग १२ लाख कार्ड छाप्ने सम्झौता गरेको छ। तर, विभागले अझै डेटा रिकभर गर्न सकेको छैन।

‘म्यानुअल कोडिङ गरिएको डेटासहित आज ५२० वटा कार्ड छपाइ हुन्छ,’ तिमल्सिनाले भने, ‘फुल फेजमा दैनिक ३० देखि ४० हजारको हाराहारीमा प्रिन्ट हुन्छ। तर, त्यसका लागि विभागले डेटा रिकभरी गर्नुपर्छ।’

विभागले ३० लाख ग्राहकलाई लाइसेन्स दिन बाँकी छ।

बागमती प्रदेश सरकारले लाइसेन्स छपाइका लागि ५ वटा मेसिन किनेकामा केन्द्रको स्वीकृति पाउन बाँकी छ।