BIZMANDU
www.bizmandu.com

हुन्डाई भेन्युको नयाँ संस्करण भारतमा सार्वजनिक, के कस्ता छन् फीचर र सुविधा?

२०८२ कात्तिक २०

हुन्डाई भेन्युको नयाँ संस्करण भारतमा सार्वजनिक, के कस्ता छन् फीचर र सुविधा?
हुन्डाई भेन्युको नयाँ संस्करण भारतमा सार्वजनिक, के कस्ता छन् फीचर र सुविधा?

काठमाडौं। हुन्डाई मोटर्सको एसयुभी भेन्युको नयाँ संस्करण भारतीय बजारमा सार्वजनिक भएको छ। नयाँ भेन्यु अघिल्लोकोका तुलनामा सेफ्टी र डिजाइनमा अझ आकर्षक बनाइएको कम्पनीले जनाएको छ। हुन्डाई मोटर इन्डियाले यसै हप्ता भेन्युको नयाँ मोडल बजारमा ल्याइएको घोषणा गरेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीका अनुसार नयाँ भेन्यु डिजल र पेट्रोल पावरट्रेनको इन्जिन उपलब्ध छ। यसमा ११९७ सिसी, ९९८ सीसी र १४९३ सिसी क्षमताको इन्जिन उपलब्ध छ। यसमा ट्राक्सन कन्ट्रोल मोड स्यान्ड, मड र स्नो रहेका छन्। यसमा म्यानुअल र अटोमेटिक गियरबक्स सुविधा छन्। यसमा भएको इन्जिनले भेरियन्ट अनुसार ११४.७, १७२ र २५० एनएम टर्क उत्पादन गर्न सक्छ।

यसमा सेफ्टीको लागि एडास लेभल २ प्रदान गरिएको छ। यसमा १६ वटा सेफ्टी फिचरहरु समावेश छन्। नयाँ भेन्युमा १२.३ इन्चको एउटा फुल डिजिटल डिस्प्ले क्लस्टर र अर्को इन्फोटेनमेन्ट नेभिगेसन सिस्टम राखिएको छ।

यसमा क्वीक कन्ट्रोल सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, स्प्लिट स्क्रिन, एडास सेफ्टी सिस्टम, टायर प्रेसर मनिटरिङ सिस्टम, टर्न-वाई-टर्न नेभिगेसन जस्ता सुविधा समावेश छन्।

यसमा अगाडि भेन्टिलेटेड सिट, स्मार्ट इलेक्ट्रिक सनरुफ, अटोमेटिक टेम्पेचर कन्ट्रोल सिस्टम, बोसको प्रिमियम साउन्ड स्पिकर र सिस्टम जस्ता फिचरहरु थप गरिएका छन्।

वायरलेस स्मार्टफोन चार्जर, पुस बटम स्टार्ट भएको स्मार्ट की पनि यसमा उपलब्ध छ।

हिल स्टार्ट असिस्ट कन्ट्रोल, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अटो होल्ड, ६ वटा एयरब्याग, ४ वटै टायरमा डिस्क ब्रेक, चाइल्ड सिट एंकर, इमर्जेन्सी स्टप सिग्नल जस्ता एडभान्स्ड फिचरहरु पनि यसमा छन्।

यो गाडी ३.९ मिटर लम्बाइ, १.६ मिटर उचाइ र १.८ मिटर चौडाइ भएको बडी डाइमेन्सन छ। ४५ लिटर क्षमताको इन्धन ट्यांक यसमा उपलब्ध छ। नेपालमा पनि हुन्डाइको भेन्यु उल्लेख्य संख्यामा बिक्री भएका एसयुभीको श्रेणीमा छ। नयाँ संस्करण छिटै नेपाली बजारमा ल्याउने संकेत बिक्रेता कम्पनीले गरेको छ।