BIZMANDU
www.bizmandu.com

उपभोक्ता अदालतमा हालसम्म २५ वटा मुद्दा दर्ता, १३ वटाको फैसला हुन बाँकी

२०८२ कात्तिक २०

उपभोक्ता अदालतमा हालसम्म २५ वटा मुद्दा दर्ता, १३ वटाको फैसला हुन बाँकी
उपभोक्ता अदालतमा हालसम्म २५ वटा मुद्दा दर्ता, १३ वटाको फैसला हुन बाँकी

काठमाडौं। उपभोक्ता अदालतमा हालसम्म २५ वटा मुद्दा दर्ता भएका छन्। गत आर्थिक वर्षको चैतमा स्थापना भएको अदालतमा उपभोक्ताहरूको ठूला मुद्दाहरू दर्ता हुने गरेको छ।

Tata
GBIME
Nepal Life

दर्ता भएका मुद्दामध्ये करिब १२ वटा मुद्दाको फैसला भइसकेको उपभोक्ता अदालतका श्रेष्तेदार शोभाकर खनालले जानकारी दिए।

‘१३ वटा मुद्दाको फैसला हुन बाँकी छ। दसैंतिहारपछि नयाँ मुद्दा दर्ता भएको छैन,’ उनले भने।

पछिल्लो समय मुद्दा दर्ता हुने क्रममा बढ्दै गएका थिए। अदालतमा मेडिकल क्षेत्र र सार्वजनिक यातायातविरुद्ध बढी मुद्दा दर्ता भएका छन्। खनालका अनुसार अदालतमा अहिले पनि मेडिकल र इभी गाडीसम्बन्धी मुद्दा आउने गरेको छ।

यसअघि पनि अदालतले अस्पताल र चिकित्सकले मेडिकल मापदण्डअनुसार बिरामीलाई विशेष सेवा नदिएको र रोग पहिचान नगरी सामान्य ‘पेन किलर’ दिएर हेलचेक्र्याइँ गरेको प्रमाणित भएपछि क्षतिपूर्ति तिराएको थियो। चिकित्सकहरूले अदालतको फैसलाप्रति विरोध जनाउँदै उपचार सेवा बन्द गरी आन्दोलन समेत गरेका थिए।