काठमाडौं। एनआइसी एसिया बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुजित कुमार शाक्यले जिम्मेवारी सम्हालेका छन्।
शाक्यले बिहीबारबाट बैंकको सीइओको जिम्मेवारी सम्हालेका हुन्। शाक्यले ४ वर्ष बैंक व्यवस्थापनको नेतृत्व गर्ने छन्।
शाक्यले नबिल बैंकको वरिष्ठ डेपुटी सीइओबाट राजीनामा दिएर एनआइसी एसियाको सीइओको जिम्मेवारी सम्हालेका हुन्।
कात्तिक १७ गते बसेको बैंकको सञ्चालक समिति बैठकले शाक्यलाई सीइओ नियुक्त गरेको थियो।
शाक्यसँग बैंकिङमा तीन दशक लामो अनुभव छ। उनी नबिल आउनुअघि ग्लोबल आइएमई बैंकमा थिए। त्यसअघि उनले जनता बैंकमा काम गरे। जनता बैंक ग्लोबलमा गाभिएपछि उनले केही समय त्यहाँ बिताए। शाक्यले जनताअघि सिभिल बैंकमा पनि काम गरेका थिए।