BIZMANDU
www.bizmandu.com

भैरहवा भन्सार कार्यालयले तीन महिनामा संकलन गर्‍यो २७ अर्ब ७५ करोड राजस्व

२०८२ कात्तिक २०

भैरहवा भन्सार कार्यालयले तीन महिनामा संकलन गर्‍यो २७ अर्ब ७५ करोड राजस्व
भैरहवा भन्सार कार्यालयले तीन महिनामा संकलन गर्‍यो २७ अर्ब ७५ करोड राजस्व

देवदह (रुपन्देही)। भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

Tata
GBIME
Nepal Life

भन्सार अधिकृत सन्तोषकुमार न्यौपानेका अनुसार गत साउनमा ९ अर्ब २ करोड ९४ लाख ३४ हजार, भदौमा ९ अर्ब ७० करोड ६३ लाख ९ हजार र असोजमा ९ अर्ब २८ करोड ६७ लाख २० हजार रुपैयाँ संकलन भएको हो।

जेनजी आन्दोलनमा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भन्सार कार्यालयले केही समय त्रिपालबाट सेवा प्रवाह गरेको थियो।