BIZMANDU
www.bizmandu.com

नेपाल र भारतका ऊर्जा सहसचिवबीच बैठक सम्पन्न, यी ७ वटा विषयमा भयो सहमति

२०८२ कात्तिक १९

नेपाल र भारतका ऊर्जा सहसचिवबीच बैठक सम्पन्न, यी ७ वटा विषयमा भयो सहमति
नेपाल र भारतका ऊर्जा सहसचिवबीच बैठक सम्पन्न, यी ७ वटा विषयमा भयो सहमति


काठमाडौं । नेपाल र भारतका सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको बैठक सम्पन्न भएको छ। बैठकमा नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्रालयका सहसचिव सन्दीप कुमार देव र भारतका केन्द्रीय विद्युत प्राधिकरण प्रमुख भगवान सहायले प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए।

GBIME
Tata

पोखरामा भएको बैठकमा दुवै देशबीचको विद्युत आदानप्रदान, प्रसारण प्रणालीको सुदृढीकरण र नयाँ अन्तरदेशिय प्रसारण लाइन निर्माणका विषयम छलफल भयो।

बैठकमा विभिन्न ७ वटा विषयमा सहमति जुटेको छ। नयाँ बुटवल गोरखपुर ४०० केभी लाइनलाई अस्थायी रुपमा २०० केभीको बनाएर संचालन गर्ने र विद्युत आयात निर्यातका लागि उत्तर प्रदेशको ट्रान्समिसन कम्पनीसँग १५ दिन भित्र सहमति गरिने भएको छ।

बैठकमा के के विषयमा भयो सहमति ?