BIZMANDU
www.bizmandu.com

नेसनल लाइफ इन्स्योरेन्सले पुनर्निर्माण कोषलाई दियो एक करोड, एनएलजीको २५ लाख

२०८२ कात्तिक १८

नेसनल लाइफ इन्स्योरेन्सले पुनर्निर्माण कोषलाई दियो एक करोड, एनएलजीको २५ लाख
नेसनल लाइफ इन्स्योरेन्सले पुनर्निर्माण कोषलाई दियो एक करोड, एनएलजीको २५ लाख

काठमाडौं। दुई वटा इन्स्योरेन्स कम्पनीले सरकारी पुनर्निर्माण कोषमा सहयोग गरेका छन्। नेसनल लाइफ इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सले कोषमा सहयोग गरेका हुन्।

Vigo
GBIME
Tata

नेसनल लाइफ इन्स्योरेन्सले कोषमा एक करोड रुपैयाँ जम्मा गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले मंगलबार अर्थमन्त्री रामेश्वर खनाललाई सहयोग रकमको चेक हस्तान्तरण गरे।

यस्तै एनएलजी इन्स्योरेन्सका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे।

जेनजीको आन्दोलनका क्रममा क्षतिग्रस्त भएका संरचनाको पुनर्निर्माणका लागि खडा गरिएको कोषमा अहिलेसम्म ७ करोड ५१ लाख ६० हजार ४३९ रुपैयाँ संकलन भएको छ।