काठमाडौं। सामसङ नेपालले स्मार्टफोनमा नयाँ मोडल ग्यालेक्सी एस२५ एफइ सार्वजनिक गरेको छ। एउटै डिभाइसमा परफर्मेन्स र क्रिएटिभिटी खोज्ने युवा प्रोफेसनल्स र कन्टेन्ट क्रिएटर्सका लागि यो फोन डिजाइन गरिएको कम्पनीले जनाएको छ।
८ जीबी र्याम र २५६ जीबी स्टोरेजमा उपलब्ध यो स्मार्टफोनको मूल्य नेपाली बजारमा ९९ हजार ९९९ रुपैयाँ छ।
ग्यालेक्सी एआई र वन युआई ८ द्वारा संचालित ग्यालेक्सीको यो नयाँ फोनले भोइस, टच र भिजुअल अन्तर्क्रियामार्फत सहज र सरल अनुभव प्रदान गर्ने जनाइएको छ। रियल टाइम भर्चुअल सहायताका लागि जेमिनी लाइभ, व्यक्तिगत अपडेटहरूका लागि ‘नाउ बार,’ ‘नाउ ब्रीफ’ र अन-स्क्रिन जवाफहरूको लागि ‘सर्कल टु सर्च’ जस्ता सुविधाहरूको साथ यो फोन उपलब्ध छ।
ग्यालेक्सी एस२५ एफइले यसको एआइ-संचालित प्रो-भिजुअल इन्जिन र अपग्रेड गरिएको १२ मेगापिक्सेल फ्रन्ट क्यामराको साथ क्रिएटिभिटीलाई सशक्त बनाउने कम्पनीको भनाइ छ। यस्तै, यो स्मार्टफोनमा सुपर एचडीआरमार्फत फोटो र भिडियोहरुको स्पष्ट रङको साथ आकर्षक सेल्फी र क्ल्यारिटीका साथ शटहरू खिच्ने सुविधा छ।
जेनेरेटिभ एडिट, पोर्ट्रेट स्टुडियो, इन्स्ट्यान्ट स्लो-मो र अडियो इरेजर जस्ता फिचरहरूले फोटो र भिडियो इडिटलाई सहज बनाउने र अवरोधहरू हटाउनेदेखि अडियोलाई परिष्कृत गर्ने र इमर्सिभ स्लो-मोशन क्लिपहरू सिर्जना गर्ने फिचर यसमा छ। अटो ट्रिमको साथ स्वचालित रूपमा उत्कृष्ट भिडियो क्षणहरू पनि यसले चयन गर्छ।
४५ वाटको फास्ट चार्जिङ र एफिशियन्ट कूलिङको लागि भेपर चेम्बरको साथ ४ हजार ९०० एमएएच ब्याट्रीद्वारा संचालित यो फोनमा स्ट्रिमिङ, मल्टिटास्किङ र क्रिएटिभ कार्यको लागि सहज हुने भनिएको छ। १२० हर्ज रिफ्रेस दरको साथ ६.७ इन्चको डायनामिक एमोलेड २एक्स डिस्प्लेले आश्चर्यजनक भिजुअल्स प्रदान गर्ने फिचर यसमा छ।
सामसङ नेपालका एमएक्स डाइरेक्टर प्रणयरत्न स्थापित भन्छन्,’हाम्रो लक्ष्य सधैं फ्ल्यागशिप इनोभेसन सबैका लागि उपलब्ध गराउनु हो। ग्यालेक्सी एस२५ एफइले यही भिजन लाई स्पष्ट रूप दिएको छ जहाँ उन्नत एआइ क्षमताहरू, उत्कृष्ट क्यामेरा परफर्मेन्स र सहज ग्यालेक्सी इकोसिस्टम कनेक्टिभिटी एकैसाथ अनुभव गर्न सकिन्छ।’
सामसङ इन्स्टा फाइनान्स (हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित)मार्फत अब ग्राहकहरूले नेपाली बजारमा ग्यालेक्सी एस२५ एफइ लगायतका नयाँ सामसङ डिभाइसहरूलाई शून्य ब्याजदरमा सजिलो ईएमआई योजनामा खरिद गर्न सकिने जनाइएको छ।